विद्युतीय ऊर्जाको खपत बढाउनुपर्नेमा जोड



नेपाल समाचारपत्र, काठमाडौं ।
जलस्रोत, ऊर्जा तथा सि“चाइ मन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै नेपालको समृद्धिको आधार भएको बताउनुभएको छ । मन्त्री पुनले सो कुरा एआईटी एल्मुनाई एसोसिएसन अफ नेपालद्वारा आयोजिते नेपालको ऊर्जा क्षेत्रलाई अन्तर्राष्ट्रिय अभ्यासका अगाडि लैजाने सम्बन्धमा आयोजना गरिएको गोष्ठीमा बताउनुभएको हो ।

मन्त्री पुनले व्यापार घाटाको महत्वपूर्ण अंश ऊर्जा आयातले ओगटेको छ । बितेको आर्थिक वर्षमा मात्रै २३ अर्बको विद्युत् आयात भएको छ । करिब २ खर्बको पेट्रेलियम पदार्थको आयात भएको जानकारी दिनुभयो ।
विद्युत् आयातलाई प्रतिस्थापन गर्न सकियो र यातायात क्षेत्रमा प्रयोग हुने पेट्रेलियमलाई विद्युतीय सवारी साधनको प्रयोग बढाएर घटाउन सकियो भने नेपालको अर्थतन्त्र धेरै बलियो बन्ने उहा“को भनाइ छ ।

विगतका वर्षमा नेपालमा खनिज तेलको आयातको वृद्धिदर १७ प्रतिशतसम्म पुगेको बताउ“दै भन्नुभयो–‘विद्युत्को भरपर्दो आपूर्ति भएपछि यसको वृद्धिदर घटेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा यो ५ प्रतिशतमा आएछ । तैपनि पेट्रोलियम आयातमा हामीले २ खर्बभन्दा बढी खर्च गरेका छौं ।’ भन्नुभयो
अघिल्लो आर्थिक वर्ष करिब ७ करोड रुपिया“ विद्युत् निर्यात गरेको उल्लेख गर्दै यस सिजनमा मात्रै करिब ५० करोडको विद्युत् बिक्री भएको बताउनुभयो ।
कार्यक्रममा ऊर्जा, सि“चाइ र जलस्रोत मन्त्रालयका इन्जिनियर सागर गौतमले ऊर्जा विकासमा सरकारको सोच र कार्यशैली, प्राध्यापक राममनोहर श्रेष्ठले ऊर्जाको विकासमा लिएको गति र दिशा, एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा.विन्दुनाथ लोहनीले ऊर्जा क्षेत्रको विकासका निमित्त उपलब्ध वित्तीय औजार र वित्तीय मोडलहरुको बारेमा प्रस्तुति दिनुभएको थियो ।

त्यस्तै इसिमोडका डा. अरुणभक्त श्रेष्ठले जलवायु परिवर्तन र यसले नेपालसहित हिन्दकुश हिमालय क्षेत्रको जलस्रोतमा पारेका प्रभावको बारेमा, डा. दिवस बस्न्यातले नेपालको जलस्रोतको क्षेत्रमा जलवायु परिवर्तन र अन्य अनिश्चितताको अनुकूलताका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको तेस्रो शत्रमा इञ्जिनियर राधेश पन्तले आयोजनामा वित्तीय सहयोग र सरोकारवालाको प्रतिबद्धताको बारेमा, प्राध्यापक शोभाकर ढकालले भुटान,बंगालादेश,भारत र नेपाल(बीबीआईएन) क्षेत्रमा अन्तरदेशीय विद्युत् व्यापारका विषय र अवसरका बारेमा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले क्षेत्रीय विद्युत् व्यापारको लाभ अत्यधिकीकरण गर्ने नेपालको अवसर ः वर्तमान परिदृष्य र भावी सम्भावनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्