सुनको मूल्यमा दिनदिनै रेकर्ड



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली बजारमा एकपछि अर्को गर्दै सुनको भाउले दिनहु“ नया“ रेकर्ड बनाउ“दै गएको छ । नेपाल सुनचा“दी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ७० हजार रुपिया“मा कारोबार भएको छ । बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ५ सय रुपिया“ले वृद्धि भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ६९ हजार ५ सय रुपिया“मा कारोबार भएको थियो । बिहीबार तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपिया“मा कारोबार भएको छ । चा“दी भने बिहीबार ८ सय २५ रुपिया“मा कारोबार भएको छ ।
दिनहु“ सुनको भाउ बढ्दै गएपछि सुनको कारोबार सुस्ताएको छ ।

जसका कारण व्यवसायीहरु मारमा परेका छन् । पछिल्लो केही दिनयता सुनको भाउमा निरन्तर वृद्धि आएको छ । सुनको भाउमा आएको आक्रामक वृद्धिको कारण सुनचा“दीका बजारहरु मन्दी देखिएका छन् । तीज नजिक“दै गएका बेला सुनको कारोबार उच्च हुनुपर्नेमा मूल्यवृद्धि अत्याधिक भएपछि कारोबार सुस्ताएको छ । अहिले नया“ गहना खरिद गर्ने भन्दा पनि पुराना गहनाको बिक्री गर्नेहरु बढेका छन् । सुनको नया“ कारोबार हुन छोडेपछि व्यवसायीहरुले बैंकबाट सुन खरिद गर्न पनि छोडेका छन् ।

अमेरिका र चीनबीचको पछिल्लो समय चलिरहेको व्यापारिक तनावका कारण सुनचा“दीको मूल्यमा वृद्धि भएको सुनचा“दी व्यवसायीहरु बताउ“छन् । पछिल्लो समय अमेरिका र चीन तथा इरान र अमेरिकालगायत भारतमा पनि तनाव भइरहेको छ । सोही कारण सुनचा“दीको भाउ मह“गिएको सुन व्यवसायीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्