तरकारी: किसानको उत्पादन, व्यापारीको मूल्य



यमलाल भुसाल, बुटवल । आफूले मेहनत गरी उत्पादन गरेर बजार पु¥याएको तरकारीको मूल्य व्यापारीले तोकिदि“दा जो कोहीलाई निकै दुःख लाग्छ । तर, गैडहवा ७ पिपरहवा रुपन्देहीका राधेश्याम केवटको ३ बिगाहामध्ये १ बिगाहा खेतमा विभिन्न जातका तरकारी खेती छ ।

अहिले बोडी फल्ने तयारीमा छ, लौका र भिण्डी लटरम्म फलेको छ । त्यस्तै करेला का“क्रा पनि फल्ने तयारीमा छन्, टमाटर रोप्ने तयारी गरेका छन् । बुटवलको हाट बजारमा ल्याएको लौकालाई ३२ रुपिया“ प्रतिकिलो र भिण्डी ५० रुपिया“ प्रतिकिलोमा व्यापारीले मागे । आफूले उत्पादन गरेको वस्तुको मूल्य तोक्ने अधिकार आफैंलाई भए पनि व्यापारीले दिएको मूल्यमा बेच्न उनी बाध्य भए ।

व्यापारीले गरिदिएको मूल्यमा दिन्न भन्ने हो भने सुरक्षित भण्डारण गर्ने ठाउ“ छैन । अझै रोचक कुरा के छ भने–‘व्यापारीलाई एकपटक मूल्य गरेर दिएको भाउ समेत घटाएर भुक्तानी गर्ने गर्छन् । कारण हो भारतीय तरकारीको । नेपाली किसानसं“ग तरकारी खरिद गर्छन्, तर भुक्तानी गर्दैनन् । त्यही बीचमा भारतीय बजारबाट तरकारीको भाउ घटेर आयो भने खरिद भइसकेको तरकारीको समेत कम मूल्य दिने गरेको केवटले गुनासो गर्नु भएको छ ।

केवटका अनुसार–‘नेपालमा राम्रो बिउ, औषधि पाउ“दैन, भारतबाट झिकाउनु पर्छ, भारतमा सरकारले किसानलाई बिउ, मलखाद, सि“चाइ सबै सुविधा उपलब्ध गराएको कारण भारतीय उत्पादनसं“ग नेपाली किसानको उत्पादन प्रतिस्पर्धा गरेर बेच्दा लागत मूल्य पनि उठ्दैन ।’

सोही ठाउ“का परभन्स खरविन्दले पनि साढे दुर्ई विगाहा खेतमध्ये १ विगाहा खेतमा तरकारी खेती गर्छन । उनको खेतमा बोडी भाण्टा, लौका, तरई, करेला तयारी हुँदैछ । खरविन्दको पनि समस्या उस्तै हो । त्यहा“का प्रायः किसानले बुटवलका थोक व्यापारीलाई तरकारी दिने गरेका छन् । ‘उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउनुपर्छ, बजारमा पु¥याएर लागत अनुसारको मूल्य नपाउ“दा मनलाई अमिलो बनाएर फर्किनुपर्छ ।’ उहा“को कथन छ ।

सोही वडाको छत्रपुराका किसान रामु उजागिर मल्लाहको खेतमा लगाएको पहिलो लटको बोडी भर्खरै सकियो, लौका घिरौंला र भान्टा अझै छ, अर्को लटको बोडी तयारी हु“दैछ । उनका अनुसार पहिलो लटको बोडीले राम्रै भाउ पायो । तर, पनि उनी त्यति सन्तुष्टि भने भएनन् । आफूले बेचेको मूल्यको चौगुना मूल्यमा उपभोक्ताले किन्नुपर्ने बाध्यत्मक परिस्थितिले किसानको पनि मन अमिलिएको हो । उनी भन्छन्–‘किसानले पनि उचित मुल्य पाउनुपर्छ र उपभोक्तलाई पनि उचित मुल्यमा खान पाउने वातावरण सरकारले बनाउन सके राम्रो हुन्थ्यो ।’

भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण गरेर मात्रै नेपाल भित्र्याउने सरकारको निर्णयपछि सीमावर्ती क्षेत्रमा भारतीय तरकारी रोकिएको कारण त्यो बेला नेपाली तरकारीले राम्रो मूल्य पाएको थियो । तर, त्यो मूल्य अहिले केही घटेको छ ।

गैडहवा–७ छत्रपुराकै धर्मराज कहार भने आफूले उत्पादन गरेको तरकारी स्थानीय बजारमा आफैंले बिक्री वितरण गर्ने गर्दछन । उनको खेतमा अहिले भेण्डी, कुन्द्रुङ, घिरौंला, भान्टा जातका तरकारी तयारी छन् । उनले बजारको दिन बिहान टिप्ने र दिउ“सो बजारमा लगेर बेच्ने गरेका छन् । तरकारीको भाउ बजार पिच्छे फरक हुने भएपनि खुद्रा बेच्दा र थोकमा दिँदा मुल्यमा आधा फरक पर्ने उनको अनुभव छ ।

त्यहा“का किसानले आफूहरुलाई गोदामको आवश्यकता रहेको र सरकारले गोदामको व्यवस्था गरिदिए राम्रो हुने बताएका छन् । गैडहवा गाउ“पालिकामा वडा नं. ७ को पिपरहवा, वर्गदहीया, बलुहवा, एचावल, विसौरीया लगायतका गाउ“मा बढी मात्रामा व्यावसायिक तरकारी खेती हुने गरेको छ । गैडहवा गाउ“पालिका वडा नं. ७ का वडा सदस्य जगन्नाथ केवटका अनुसार त्यहा“का करिव ६५ प्रतिशत किसान तरकारी खेती गर्छन ।

किसानले ठूलो लगानी र मेहनत गरेर तरकारी उत्पादन गरे पनि लागत अनुसारको मूल्य पाउन नसकिरहेको वडा सदस्य केवटले पनि बताउनुभयो । गाउ“पालिकाले किसानलाई केही मात्रामा अनुदान उपलब्ध गराएको बताउ“दै किसानले गोदाम (कोल्ड स्टोर) माग गरेकाले किसानको मागलाई सम्बोधन गर्नका लागि गाउ“पालिकामा पहल गरिरहेको उहा“ले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्