‘मिलेनियम च्यालेञ्ज कम्प्याक्ट’ असारदेखि कार्यान्वयनमा आउने



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपालमा ‘मिलेनियम च्यालेञ्ज कम्प्याक्ट’ परियोजना आगामी वर्षबाट कार्यान्वयनमा आउने भएको छ । ऊर्जाको विकासका लागि नेपाल सरकार तथा अमेरिकी सरकारको तर्फबाट मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको यो सम्झौता २०७७ असार १६ गतेदेखि कार्यान्वयनमा आउने भएको हो ।

च्यालेन्ज कर्पाेरेशन (एमसीसी)द्वारा २०७४ साल भदौमा कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौताअन्तर्गतका आयोजनाहरू तर्जमुा गर्नुपूर्व गरिएको आर्थिक अवरोधसम्बन्धी एक विश्लेषणले पर्याप्त तथा भरपर्दाे विद्युत् आपूर्तिको अभाव तथा अपर्याप्त सडक मर्मत सम्भारका कारण परिरहेको उच्च यातायात लागत नेपालको आर्थिक वृद्धिका सन्दर्भमा गम्भीर अवरोधका रूपमा रहेको निष्कर्ष निकालेको थियो । कम्प्याक्ट कार्यक्रमका लागि एमसीसीले ५० करोड अमेरिकी डलर तथा नेपाल सरकारले १३ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

यसअन्तर्गत चार सय केभी क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवम् तीन वटा उच्च क्षमतायुक्त सब–स्टेशन निर्माणमा मूल रूपमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा तीन सय किलोमिटर रणनीतिक सडकको मर्मतसम्भार कार्यमा मूल रूपमा केन्द्रित सडक मर्मतसम्भार आयोजना रहेका छन् ।

आयोजना शुरू गरिएपछि सम्पूर्ण क्रियाकलाप पा“च वर्षभित्रमा सम्पन्न गरिसक्नै पर्नेछ । समय वा लगानी थपिने कुनै व्यवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्