बैंकहरूले ‘शर्तहरु लागू हुनेछन्’ले ग्राहक झुक्याउँदै



परिवर्तन देवकोटा, काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाहरुले आकर्षित गराउन बजारमा ल्याउने विभिन्न स्किमबाट ग्राहक ठगिने गरेको जनगुनासो बढ्दै गएको छ ।

विज्ञापनमा ठूला–ठूला अक्षरमा ग्राहक आकर्षित गराउने शब्दहरु राख्ने तर त्यहा“ सानो अक्षरमा लेखिएको ‘शर्तहरु लागू हुनेछन्’ भन्ने शब्दमा खेलेर ग्राहकलाई ठगी गर्ने गरेको गुनासो आउन थालेको छ । स्किममा आकर्षक कुरा राख्ने तर सर्तहरुका बारेमा स्पष्ट नलेख्ने गरेका कारण ग्राहकहरु गुमराहमा पर्ने गरेको गुनासो रहेको छ । विज्ञापनमा सर्तहरुका बारेमा स्पष्ट नखुलाइएका कारण ग्राहकहरु ठगिने गरेको गुनासो छ । भन्ने एउटा गर्ने अर्को भन्दै कहिले काहि“ ग्राहक र बैंकका कर्मचारीहरुबीच लफडासमेत हुने गरेको छ ।

नेपाल समाचारपत्रस“ग कुरा गर्दै उहाँले भन्नुभयो–‘शर्तका बारेमा ग्राहकलाई बुझाउन नसक्नु बैंकको कमजोरी हो तर ठगी चाहिँ भन्न मिल्दैन, ग्राहक पनि कारोबार गर्दा बैंकका शर्तहरुमा ध्यान दिनुपर्छ ।’

आकर्षणका बारेमा सबै कुरा बताइसकेपछि यो किन ‘गोप्य’ जस्तै किन राखिन्छ ? एक बैंकका सेवाग्राहीले नेपाल समाचारपत्रस“ग भने–‘ऋणका साथै निक्षेपलगायतमा शर्तहरु लागू हुनेछन् भन्ने शब्दले ग्राहक ठगिने गरेका छन् ।’
सूचनाको हकसम्बन्धी कानुन आकर्षित गरेर आकर्षक विज्ञापनका शर्तहरुका बारेमा पहिले नै गाहकलाई सुसुचित गर्नपर्ने ती ग्राहकको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरुमा अहिले अत्याधिक मात्रामा शर्तहरुबारे कुरा राखिन्छ ।

दिनानुदिन अनेकन स्किम सार्वजनिक भइरहेका छन् । त्यहा“ के कस्ता शर्तहरु आवश्यक छ, त्यो भने संस्थाले गौण राखेका हुन्छन् । जसका कारण संस्थाहरुको यस्तो काम ‘ठग्ने मेसो’ का रुपमा ग्राहकले बुझेका छन् ।

शर्तहरु लुकाउनेलाई ठगी मुद्दामा कारबाही गर्नुपर्ने मागसमेत उठ्ने गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक प्रयोगमा देखिने सो बाक्यप्रति भने सरोकार निकायको खासै ध्यान दिएको पाइएको छैन । निक्षेप राख्दा वा कर्जा लि“दा आकर्षक स्किम देखिने तर पछि विभिन्न शर्तहरु देखि“दा ग्राहक आफू ठगिएको महशुस गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बैंकहरुले शर्त राख्नु ऐन कानुनअनुसार नै रहेको बताउनुभयो ।

उहा“ले बैंकमा कर्जा लि“दा, निक्षेप राख्दा वा अन्य स्किममा भाग लि“दा ग्राहकले बैंकका सबै शर्तहरुलाई राम्रोस“ग अध्ययन गर्नुपर्ने बताउनुहुन्छ । नेपाल समाचारपत्रस“ग कुरा गर्दै उहा“ले भन्नुभयो–‘शर्तका बारेमा ग्राहकलाई बुझाउन नसक्नु बैंकको कमजोरी हो तर ठगी चाहि“ भन्न मिल्दैन, ग्राहक पनि कारोबार गर्दा बैंकका शर्तहरुमा ध्यान दिनुपर्छ ।’

बैंक तथा वित्तीय संस्थाहरुको स्किममा देखिने शर्तहरु संस्थाहरुले नै तय गर्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह बताउनुहुन्छ ।
उहा“ले ती शर्तहरुका बारेमा ग्राहकलाई पूर्ण जानकारी हुने दाबी गर्नुभयोे । उहा“ले योजनास“गै शर्तहरु ठूलो अक्षरमा लेख्दा धेरै नै स्पेस चाहिने बताउ“दै सानो अक्षरमा लेखिएको बताउनुभयो ।

यस्ता शर्तहरुका विषयमा ग्राहकलाई पूर्ण रुपमा जानकारी दिएर नै सेवा प्रवाह गर्ने भएकाले यसलाई ठग्ने मेसोको रुपमा बुझ्न नहुने उहा“को भनाइ छ । ती शर्तहरु अन्तर्राष्ट्रिय बैंकहरुमा पनि प्रयोगमा आएको र नेपालमा पनि प्रयोगमा ल्याइएको उहा“ले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्