इन्जिन चालु कारमा बच्ची छोडी रक्सी पिउने आमा !



ह्युस्टन,(एजेन्सी)
अमेरिकाको टेक्सास निवासी एक महिलाले आफ्नो शिशुलाई इन्जिन चालु रहेको कारमा छाडेर एउटा नाइट क्लबमा रक्सी पिउन पुगेको प्रहरीले जनाएको छ ।

आइतवार बिहान सवेरै यस विषयलाई लिएर प्रहरी अधिकारीहरुले नियनत्रणमा लिन खोज्दा सामान्था ग्रेस भाउगन नामक ति महिलाले जातिय अपशब्द बोलेको तथा अन्त्यमा मुस्कुराउँदै जेल बुकिंगका लागि तस्वीर खिचाएकी बताएका छन् । कोप्पेरास कोभ प्रहरीले ट्रयाकसाइड नाइट क्लब बाहिर बिहान २ बजे पार्क गरिएको कारभित्र उनकी बच्ची फेला पारेको थियो ।

इन्जिन चालु रहेको कारभित्र रिली नामक बच्ची मस्त निँदाइरहेको अवस्थामा भेटिएको हो । तत्काल नाइट क्लबमा छिरेर २६ वर्षिया भाउगनलाई सोधपुछका लागि बाहिर ल्याइँदा उनले एकै छिन पिसाब फेर्न मात्र क्लबमा गएको बयान दिएकी थिइन् ।

उनको मुख रक्सी गन्हाएकोबार ेसोधिँदा उनले दुई पेग व्हिस्की पिएको स्विकारेकी थिइन् । उनले त्यहाँ कल्बमा रक्सी पिउँद ैगरेका आफ्ना पतिलाई लिन आएको र उनीसंग ैआफुले पनि अलिकति पिएको प्रहरीलाई बताएकी थिइन् ।

प्रहरीले अब पक्रउमा पर्ने बताउँना साथ उनले लडीबुडी गर्दै नियतवश निधार ठोकाएर आफुलाई चोट पु¥याएकी हुन ् । उनी विरुद्ध बच्चीलाई असुरक्षित अवस्थामा एक्ल ैछाडेको तथा प्रहरीलाई आतंककारी हमला गर्ने धम्की दिएको अभियोग लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्