हवाई आक्रमणमा परी लिबियामा ४२ को मृत्यु


त्रिपोली । लिबियाको दक्षिणी क्षेत्रमा भएको हवाई आक्रमणमा परी कम्तीमा ४२ जना मारिएका छन् । घटनामा अरु दर्जनौ घाइते पनि भएको संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकारका स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

उनीहरुका अनुसार सरकारी सैनिकहरुको टोलीले मोर्जुकमा रहेको एउटा आवासीय क्षेत्रमा आइतबार हवाई आक्रमण गरेको हो । नगरपालिकामा कार्यरत एक जना सरकारी अधिकारी इब्राहिम ओमरले एएफपीसँग भन्नुभयो, “आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् । ”

घटनामा परी घाइते भएका मध्ये ३० जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ंख्या बढ्न सक्ने अनुमान गरिएको समाचारमा जनाइएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।