एकै परिवारका ६ सदस्यको गोली हानी हत्या



जाग्रेभ । क्रोएसियाको राजधानी जाग्रेभमा एक जना शंकास्पद व्यक्तिले बिहीबार राति गोली हानी एकै परिवारका छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

गोली चलाउने व्यक्तिले पनि आत्महत्या गरेको प्रहरीको भनाई छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार ती शंकास्पद व्यक्तिले पूर्व प्रेमिका र एक बालक सहित उनको परिवारका चार जनालाई गोली हानी हत्या गरेका थिए ।

प्रहरीले मृत्यु भएकाहरुमा दुई पुरुष, तीन महिला र एक बालक रहेको जनाएको छ । त्यही भवनमा भेटिएका अर्का एक बालक भने सुरक्षित भेटिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्