रुकुम पश्चिममा साढे १अर्ब रकम फ्रिज



धनवीर दाहाल, रुकुम । रुकुम पश्चिममा विकास लागी प्राप्त करिव साढे एक अर्व रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार रुकुम पश्चिमको विकासका लागी नेपाल सरकारको तर्फबाट प्राप्त भएको यति ठुलो रकम फ्रिज भएको हो ।

जिल्लालाई संघ / प्रदेश सरकारको तर्फबाट आ.व.०७५/ ०७६ को लागी कुल ५अर्ब ३१ करोड ६० लाख ९२ हजार ५ सय को अख्तियारी प्राप्तभएकोमा आर्थिक बर्षको अन्तिम सम्म ४ अर्ब ४ करोड ५७लाख ५२ हजार ३ सय रकम खर्च भएको कोष नियन्त्रक इश्वरी प्रसाद ढकालले बताउनुभयो ।

कार्यालय प्रमुख ढकालका अनुसार १अर्ब २७ करोड ३ लाख ४० हजार २ सय रकम फ्रिज भएको छ । यसरी फ्रिज भएको रकममा संघिय सरकारको चालु खर्च तर्फ कुल २ अर्ब ८२ करोड ८९ लाख७० हजार २ सय ९३ बाषिक बजेट रहेकोमा २ अर्ब ७० करोड ३३ लाख ६९ हजार २० मात्रखर्च भै १२ करोड ५६ लाख १ हजार २ सय ७२ छ ।

यस्तै पुजिगतखर्च तर्फ ६५ करोड ८९ लाख ४६ हजार बार्षिक बजेट भएकोमा ३५ करोड ३२ लाख ८९ हजार ८ सय २२ मात्रखर्च भई ३० करोड ५६ लाख ५६ हजार १ सय १८ फ्रिज भएकोे छ । कार्यालयका अनुसार प्रतिशतको आधारमा हेर्दा चालु खर्च ९५.५६% छ भने पुजिगत खर्चको ५३.६१ % मात्र रहेको देखिन्छ ।

त्यसैगरी प्रदेश सरकारको तर्फ बाट प्राप्त रकममध्ये चालु तर्फ ५५ करोड ६७लाख ५९ हजार २ सय ७३ बार्षिक वजेट रहेकोमा ३९ करोड २१ लख ८७हजार ३ सय ४२ खर्च भई १६ करोड ४५ लाख७१ हजार ९ सय ३१ फ्रिज भएको छ भने भने पुजिगततर्फ १ अर्ब २७ करोड १४ लाख १७हजार बार्षिक बजेट रहेकोमा ५९ करोड ६९लाख०६ हजार १ सय ७५ खर्च भई ६७ करोड ४५ लाख १० हजार ७ सय फ्रिज भएको कार्यालयले जनाएको छ । चालु खर्च ७०.४४% र पुजिगततर्फ ४६.९५% फ्रिज भएको हो ।

कोेष तथा लेखा नियन्त्रक ढकालले योजना छनौटमा कमजोरी, कर्मचारीको अप्रयाप्तता र समयमै योजना कार्यान्वयनमा जनचासो नरहनु तथा प्रत्यक्ष अनुगमनमा कमजोरीका कारण यती ठुलो रकम फ्रिज भएको बताउनुभयो । यसै गरी जिल्लाकोले आर्जन गरेको राजश्व रकम भने १२ करोड ४५ लाख ४८ हजार ६० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्