बैंकिङ क्षेत्रमा ‘पार्टनर’ खोज्न दबाब

0
Shares

राजु श्रेष्ठ, काठमाडौं
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका निम्ति मौद्रिक नीति ल्याउने तयारी गर्दै गर्दा बैंकिङ क्षेत्रमा ‘पार्टनर’ खोज्न दबाब परेको छ । नेपाल राष्ट्र बैंकले केही दिन अघि मर्जरका निम्ति पार्टनर खोज्न निर्देशन दिएपछि बैंकहरुलाई सो दबाब परेको हो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनका निम्ति मर्जरलाई जोड दि“दै आएको छ । तर, बैंक, वित्तहरू भने मर्जरलाई सकभर कार्यान्वयनमा नल्याउने जुक्तिमा छन् । सम्भवत यसै साताको अन्त्यसम्म आउने मौद्रिक नीतिमा केन्द्रिय बैंकले ‘फोर्सफुल मर्जर’को नीति ल्याउने संकेत दिइसकेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बैंकहरुलाई मर्जरमा जाने तयारी गर्न यसअघि नै निर्देशन दिइसक्नुभएको छ । आगामी आर्थिक वर्षको बजेटमा समेत बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर लैजाने नीति आईसकेको सन्दर्भमा केन्द्रीय बैंकले त्यसलाई थप जोड दिएको हो । बैंकरहरूले नचाहदा नचाहदै पनि बिग मर्जरका निम्ति चासो राख्न बाध्य भएका छन् । भर्खरै मात्र चुक्ता पु“जी चार दोब्बर वृद्धि गरेका बैंक तथा वित्तीय संस्थाहरू फेरि सोही दरमा पु“जी वृद्धि गर्न सक्ने अवस्थामा छैनन् ।

तीन वर्ष अघि पनि केन्द्रीय बैंकहरुले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने लक्ष्यका साथ चुक्ता पु“जी चार दोब्बर वृद्धि गरेको थियो । तर, न्यून संख्यामा मात्रै बैंक तथा वित्तीय संस्थाहरू मर्जरमा गएका थिए ।

केन्द्रीय बैंकले हकप्रद शेयर जारी पु“जी वृद्धि गर्न रोक्ने सम्भावना बढी देखिएको छ । जसले गर्दा बैंकहरूलाई थप दबाब पर्ने विश्लेषकहरूको भनाइ छ । तीन वर्ष अघि पनि केन्द्रीय बैंकहरुले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने लक्ष्यका साथ चुक्ता पु“जी चार दोब्बर वृद्धि गरेको थियो । तर, न्यून संख्यामा मात्रै बैंक तथा वित्तीय संस्थाहरू मर्जरमा गएका थिए ।

अधिकांशले हकप्रद शेयरलाई नै मुख्य हतियार बनाएका कारण तत्कालीन अवस्थामा राष्ट्र बैंकको लक्ष्य पूरा हुन सकेन । यसपटक फेरि दोब्बरभन्दा बढी चुक्ता पु“जी वृद्धिको योजना ल्याउने र त्यसका निम्ति हकप्रद शेयरमा लगाम लगाउन सक्ने भएपछि बैंक–वित्त अहिले पार्टनर खोज्न हतारमा छन् ।
राष्ट्र बैंकले मौद्रिक नीति अघि नै बिग मर्जरबारे समझदारी गर्न दबाब दिइरहेको बेला शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंकबीच सहमति भएको छ ।

विभिन्न चर्चाका बीच भएको यो समझारी बिग मर्जरको ‘आइस ब्रेक’ हो । विभिन्न बैंक तथा वित्तीय संस्थास“ग बिज मर्जरको छलफल चलाएर ग्लोबल आइएमई बैंकले जनता बैंकलाई गाभ्ने भएको हो । करिब एक दर्जन बैंक वित्त कम्पनीलाई गाभेको ग्लोबल आइएमई बैंकले अझै केही बैंक–वित्तलाई गाभ्न सक्ने संकेत देखिएको छ ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार एक आपसमा गाभ्ने गाभिने सन्दर्भमा आधा दर्जनभन्दा बढी बैंक–वित्त कम्पनीले आशय व्यक्त गरेका छन् । सिभिल बैंक, मेगा बैंक नेपाल, लक्ष्मी बैंक, सानिमा बैंक, सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका बैंकले त्यस्तो आशय व्यक्त गरेको बताइएको छ ।

मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले मर्जरका निम्ति छलफल चलिरहेको बताउनुभयो । नेपाल समाचारपत्रस“ग कुरा गर्दै उहा“ले भन्नुभयो–‘केही बैंकहरुस“ग छलफल चलिरहेको छ । तर, निश्कर्षमा भने पुगिसेका छ्रैनौं ।’ उता सानिमा बैंकले मर्जरका निम्ति कमिटि नै गठन गरी छलफल चलाएको बताइएको छ ।

त्यस्तै प्राइम कमर्सिलय बैंकले भने कैलाश विकास बैंकलाई गाभ्ने भएको छ । यसअघि ललितपुर फाइनान्स र कन्काई विकास बैंकलाई गाभ्ने निर्णय गरिसकेको छ । बैंकरहरूले मर्जरमा जानका निम्ति सीसीडी रेसियोको सीमा ८० प्रतिशतबाट बढाउनुपर्ने, स्प्रेड रेटको सीमामा खुकुलो बनाइदिनुपर्ने, आयकरको छुट दरलगायतका एजेन्डा अगाडि सारेका छन् । बजेटमा मर्जरमा लैजानका लागि मौद्रिक नीतिमा प्रोत्सहानाका कार्यक्रम आउने उल्लेख भएको हु“दा बैंकरहरूका एजेन्डालाई केन्द्रीय बैंकले केही हदसम्म सम्बोधन गर्न सक्ने सम्भावना छ ।

निजी क्षेत्रमैत्री भनिएका गर्भनर डा. नेपालको कार्यकालको यो अन्तिम मौद्रिक नीति रहेको छ । आगामी चैतमा कार्यकाल पूरा गर्न लाग्नु भएका गर्भनर नेपालले बैंक मर्जरलाई विवाहका रुपमा व्याख्या गर्दै जोडी खोज्न सल्लाह दि“दै आउनुभएको छ ।