थुनिएका विधायकविरुद्ध हत्या प्रयासको अभियोग



काराकास,(एजेनसी)
भेनेजुयलाका एकजना न्यायधिशले हाल वन्दि अवस्थामा रहेका विधायक हुवाँ रिक्वेसेन्सलाई सन् २०१८ मा राष्ट्रपति निकोलास माडुरोको हत्या प्रयास गरेको अभियोगमा मुद्धा चलाइनु पर्ने निर्णय गरेका छन् ।

गत वाषर््को ४ अगष्टमा माुडुरोको उपस्थिती रहेको एउटा सैनिक परेडमा विस्फोटक पदार्थ लादिएको एउटा ड्रोन विमान विस्फोट भएको तीन दिन पछि रिक्वेसेन्सलाई प्रहरीले गिरफतार गरेको थियो । विपक्षी राजनीतिक पार्टीका नेता उनले आफु विरुद्धका सम्पूर्ण अभियोग अस्विकार गर्दै आएका छन् ।

यदि अभियोग सावित भएका ेखण्डमा उनलाई तीस वर्ष लामो कारावास सजाय हुनसक्छ । सो आक्रमणमा माडुरोलाई कुनै चोटपटक लागेको थिएन । सन् २०१४ मा सरकार विरुद्धको विशाल जन प्रदर्शनको आयोजना गरेका पुर्व बिद्यार्थी नेता रिक्वेसेन्स सन् २०१५ मा राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका थिए ।

३० वर्षिय उनी विपक्षी प्रिमेरो जस्टिसिया ( जस्टिस फस्र्ट ) पार्टीका सदस्य तथा राष्ट्रपति माडुरोका कटटर विरोधी हुन् । उनले प्रायशः थुनिएका विद्यार्थीहरुको रिहाईको माग गर्दै आयोजना हुने मार्चहरुको नेतृत्व लिने गरेका थिए ।

दुई वटा हत्या लगायत उनी विरुद्ध आतंककारी , राष्ट्रघाति , जनता उक्साउने , अवैध रुपमा साथमा हातहितयार राखेको तथा अपराधका लागि षडयन्त्र रचेको जस्त अभियोग लगाइएको छ । उनका वकिले जोयल गार्सियाले उनी ति सबै अभियोगका भागिदार नभएके बताएका छन् ।

गत वर्षको अगष्टमा राजधानी काराकासमा आयोजित एक सैनिक परेडको क्रममा मन्चको सामु अचानक एउटा एउटा ड्रोन विमान विस्फोट भएको थियो । सो मन्चमा राष्ट्रपति माडुरो लगायत थुप्रै वरिष्ठ सैनिक अधिकारीहरुको उपस्थित रहेको थियो । माडुरोका अंगरक्षकहरुले उनलाई विशेष सुरक्षा दिँदै त्यहाँबाट लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्