राहुल गान्धीले कांग्रेस पार्टी अध्यक्ष पद त्यागे



नयाँ दिल्ली,(एजेन्सी)
लोक सभाको चुनावमा सत्तारुढ भारतिय जनता पार्टी ( विजेपि ) संग भारतीय कांग्रेस पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट बुधवार राजीनामा दिएका छन् । केहि समय राजीतिक परिस्थितीको विश्लेषण र अध्यन गरेपछि अन्तत ट्वीट गर्दै कांग्रेस अध्यक्ष गान्धीले सो राजीनामा दिने घोषणा गरेका हुन् ।

ट्वीटमा उनले हालै भएको आम निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी प्रमुखको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । यसअघि पनि उनले राजीनामा दिने इच्छा व्यक्त गरेका थिए । तर पार्टीका नेताहरुले उनलाई राजीनामा नदिन सल्लाह दिएपछि उनी आफ्नो निर्णयबाट पछि हटेको समाचार प्रकासमा आएके थियो ।

गत अप्रिल र मे महिनामा सम्मलोकसभाको निर्वाचनमा कांग्रेसले कूल ५ सय ४३ मध्ये केबल ५२ सिट जित्न सफल भएको थियो । काँग्रेसको लज्जास्पद पराजयसँगै उनीमाथि राजीनामा दिन चारै तर्फबाट तीब्र दबाब रहँदै आएको थियो ।

राहुल गान्धीका पिता राजिव गान्धी, हजुरआमा इन्दिरा गान्धी र जिजुबुवा जवाहरलाल नेहरुले भारतीय प्रधानमन्त्रीको रुपमा आफ्नो जिम्मेवारी सम्हालेका थिए । राजीव गान्धी र इन्दिरा गान्धीको कार्यकालम ैहत्या भएको थियो । राहुलका माता सोनिया गान्धी पनि काँग्रेस पार्टीका पुर्व अध्यक्ष हुन् ।
लोकसभाको पछिल्लो चुनावमा आफ्नो पार्टी विजेपिले अत्यधिक बहुमतले विजय हासिल गरेपछि नरेन्द« मोदी दोश्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्