इरानले आणविक सम्झौता तोड्यो



तेहरान,(एजेन्सी)
इरानले सोमवार सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरुसंग गरेको आणविक सम्झौता अन्तर्गतको प्रशोधित युरेनिय भण्डार परमाणको हद तोडेको छ । सो सम्झौता अनुसार इरानले ३ सय किलोग्राम भन्दा बढि युरेनियम भण्डार गर्न पाइँदैन । इरानको फार्स समाचार निकायले अन्तर्राष्ट्रिय आणविक उर्जा निकाय ( आइएइए ) ले प्रशोेधित युरेनियम भण्डार मापन गरेको पुष्टि गरेको छ ।

गत मे महिनामा इरानले आणविक भटीको इन्धनको रपमा तथा आणविक हतियार निर्माणमा समेत प्रयोग गर्न सकिने युरेनियमको उत्पादनमा वृद्धि गरेको थियो । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुन थप गरेको नाकावन्दिको प्रत्युत्तरमा सो कदम चालेको हो ।

ट्रम्पले गत वर्ष अमेरिका इरानसंगको सन् २०१५ को सम्झौताबाट अलगिएको औपचारिक घोषणा गरेका थिए । सो सम्झौतामा अमेरिका लगायत रसिया , चीन , फ्रान्स , वेलायत तथा जर्मनीले हस्ताक्षर गरेका थिए । युरोपेली राष्ट्रहरुले इरानलाई यदि सम्झौताको कुनै पनि बुँदा उल्लँघन गरेको खण्डमा नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिँदै आएको थियो ।

यदि आइएइएले इरानले सम्झौता उल्लंघन गरेको पुष्टि गरेको खण्डमा आफ्ना आणविक गतिविधिहरु सिमित पारेवापत खुकुलो पारिएका इरान माथिको थुप्रै नाकावन्दि पुन लागु हुनसक्ने बताइएको छ ।

इरान माथि होर्मुज जलडमरुमा अमेरिकी मानव रहित ड्रोन विमान खसालेको आरोप लगाइएको कारण इरान र अमेरिकाबिच तनाव चर्किरहेको अवस्थामा इरानले यो कदम चालेको हो । अमेरिकाले इरानमाथि गल्फ अफ ओमानमा दुईवटा तेल बोकने जहाजमा आक्रमण गरेको पनि आरोप लगाएको थियो । तर इरानले ति आरोपहरु अस्विकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्