त्रिचालीस वर्षपछि जल्लाद नियुक्त



कोलम्वो,(एजेन्सी)
श्रीलंकाली सरकारले ४३ वर्षपछि पहिलो पटक आइतवार दुईजना जल्लादलाई नियुक्त दिएको छ । चारजना अभियुक्तलाई मृत्युदण्ड दिन ेतयारी भइरहेकोबेला यो नियुक्त दिइएको हो । केहि समय अघि मात्र श्रीलंकाली राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले लागु औषध कारोवार गरेको अभियोगमा दोषि ठहराइएका चारजना वनिदलाई मृत्युदण्ड दिन अन्तिम आदेशमा सहमति जनाएपछि सरकारले जल्लाद नियुक्तिका ेकदम चालेको हो ।

यस फासीले सन् १९७६ यता श्रीलंकामा कडा संजाय माथि लगाइँदै आएको रोक हट्न ेभक्एो छ । गत फेबु्रअरीमा जल्लादका लागि गरिएको विज्ञापनमा राम्रो आचार र मानसिक स्थिती भएको १८ देखि ४५ वर्ष उमेरका पुरुषहरुले आवेदन दिन सकिने उल्लेख गरिएको थियो ।

सो पदका लागि एक सयजना भन्दा बढि व्यक्तिले आवेदन दिएका थिए । श्रीलंकाली सरकारी संचार माध्यमले दुइजना अमेरिकी नागरिक तथा दुइजना महिलाले पनि आवेदन दिएको जनाएको छ । श्रलिंकाली सरकारी कारागारका प्रवक्ताले दुई जना सफल आवेदकलाई करिव दुई साता लाग्ने अन्तिम तालिम प्रदान गरिने जनाएका थिए । पछिल्लो एक मात्र जल्लादले पााच वर्ष अघि पदबाट राजिनामा दिएका थिए ।

गतवर्ष भाडामा लिइएका अर्को एकजना जल्लाद पनि कार्यथलोमा उपस्थित नभएके बुझिएको छ । श्रीलंकामा वलात्कार , लागु औषध ओसार प्रसार , तथा हत्या जस्त गम्भी रप्रकृतिका अपराधिलाई मृत्युदण्ड दिइने व्यवस्था छ । तर सन् १९७६ यता भने कसैलाई फासी दिइएको थिएन । राष्ट्रपति सिरिसेनाले श्रीलंकामा लागु औषध कारोवार नियनत्रणका लागि पुन मृत्युदण्ड बिउँताइएके बताएका छन् । राजनीतक विश्लेषकहरुले यसै वर्षको उत्तरार्धमा हुन लागेको आम निर्वाचनमा यस कदमले सिरिसेनालाई लोकप्रियता दिलाउने बताएको छ ।

सिरिसेनाले राष्ट्रमा दुई लाख लागु औषध दुवर्यनी भएके तथा कारगारमा रहेका ६० प्रतिशत कैदी लागु औषध अपराधमा थुनिएको बताएका छन् । वेलायत , फ्रान्स र नर्वे लगायत युरोपेली संघले श्रीलंकामा मृत्युदण्ड पुन वयवस्था गरिएकोमा भत्सर्ना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्