ट्रम्प उत्तर कोरियाली भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति



A

सोल,(एजेन्सी)
अमेरिकाको इतिहासमै उत्तर कोरियाको भुमिमा पाइला टेक्ने डोनाल्ड ट्रम्प पहिलो राष्ट्रपति भएका छन् । उनले आइतवार दक्षिण र उत्तर कोरिया विभाजित हुने क्षेत्रमा उत्तर कोरियाली नेता किम जोंग उनसंग भेटघाट गरेका हुन् । अत्यन्तै कडा सुरक्षा प्रवन्ध भएको सो क्षेत्रमा झण्डै एक घन्टा वार्ता गर्नुअघि ट्रम्पले किमसंग हात मिलाउँदै पत्रकारहरु समक्ष तस्वीरका लागि पोज दिएक थिए । अमेरिका र उत्तर कोरिया दुवै अहिले ठप्पको अवस्थामा रहेको आणविक वार्ता पुन सुचारु गर्न टोलिहरु गठन गर्न राजि भएका छन् ।

यि दुई नेताबिच पछिल्लो समयमा भियतनामको राजधानी हनोइमा भएको वार्ता असफल भएको थियो । त्यतिवेला किमले उत्तर कोरिया माथि लगाइएको आर्थिक नाकावन्दि केहि हद सम्म फुकुवा गर्न राखेको प्रस्ताव ट्रम्पले अस्विकार गरेका थिए । गत वर्ष १२ जुनमा तिनीहरुबिच सिंगारपुरमा सम्पन्न पहिलो वार्तामा दुवै कोरियाली प्रायद्विपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउने विषयमा सहमति भएको थियो ।

तर राजनीतिक समीक्षकहरुले एक वर्ष भित्रै यि दुई शिर्ष नेताबिचको तेश्रो पटकको साक्षात्कारलाई राजनीतिक नाटकको संज्ञा दिँदै उत्तर कोरियाले अझै आफ्ना आणविक हातहतियार त्याग्ने विषयमा थप गम्भीरता अपनाउनु पर्ने विचार व्यक्त गरेका छन् ।

शनिवार ट्रम्पले टिवटर मार्फत किमलाई वार्ताका लागि आमन्त्रण गरेपछि यो एतिहासिक बैठक तय भएको अमेरिकी संचार माध्यमले जनाएके छ । सिमाक्षेत्रमा भलाकुसारी भएपछि ट्रम्प एकैछिनका लागि सिमा पार गरी उत्तर कोरियाली भुमिमा पुगेका थिए । अन्तर्राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रशारित उक्त कार्यक्रमा भाषा अनुवादक मार्फत मुस्कुराउँदै किमले ट्रम्पलाई भनेका थिए , ‘ तपाईंसंग फेरी भेट्न पाउँदा खुशी लागेको छ । यो स्थानमा तपाईलाई भेट्ने मैले कहिल्य ैआशा गरेको थिइँन । ’

त्यसको प्रत्युत्तरमा ट्रम्पले भनेका थिए, ‘ अभूतपूर्व क्षण , बृहत प्रगति । ’
अत्यन्तै सौहार्द र आनन्दीत मुद«ामा किम दक्षिण कोरियाली भुमिमा प्वेश गदाए ट्रम्पले भनेका थिए , ‘ मलाई यो उनको दुर्भाग्यपूर्ण विगतको अन्त्य गरेर नयाँ भविष्य खोलने चहानाको अभिव्यक्ति हो भन्ने विशवास लागेको छ । ’

यिनीहरुबिचको भेटघाट संक्षिप्त हुने अपेक्षा गरिए पनि दक्षिण कोरियाली भुमिमा रहेको फ्रिडम हाउसमा करिव एक घन्टा सम्म तिनीहरुको वार्ता चलेको थियो ।
तिनीहरुबिच केहि क्षण भएपनि दक्षिण कोरियाली राष्ट्रपति पनि अप्रत्यासित रुपमा जमघट गर्न पुगेका थिए । किमले पत्रकार माझ एक दुर्लभ विज्ञप्ति जारी गर्दै यो बैठक उत्कृष्ट सम्बन्धको प्रतिक भएको जनाएका छन् । त्यसैगरी कुन ैसमय किमलाई ‘ लिटिल रकेट म्यान ’ को संज्ञा दिने गरेका ट्रम्पले भनेका छन् , ‘ यो विश्वकै लागि एक महान दिन भएको छ । साथ ैमलाई दुई कोरियाबिचको सिमा क्षेत्र नाघ्न गौरव महसुस भइरहेको छ ।

सन् १९५३ मा कोरियाली युद्धको अन्त्य भए यता दक्षिण ककोरियालाई समर्थन जनाउने हिसाबले थुप्रै अमेरिकी राष्ट्रपतिले यस सिमा रेखामा टेके पनि कसैले पनि सिमा रेखा नाघेर उत्तर कोरिको भसमि टेकेका थिएनन् । हुन् त कार्यकाल सकिएपछि पुर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर र विल क्लिन्टन विमानबाट उत्तर कोरियाको राजधानी प्योंगयांग पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्