स्वदेशी उत्पादन ढुक्कसँग प्रयोग गरौं



विश्वबाबु पुडासैनी
महानिर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभाग
जीवनभर बस्नको लागि बनाइने घर होस् या अन्य कुनै प्रयोजनका लागि बनाइने विशाल भवन, तिनको गुणस्तरमा कसैले पनि सम्झौता गर्न चाह“दैन र गर्दैनन् पनि । तर, गुणस्तरमा सम्झौता नगरी सस्तो निर्माण सामग्रीको खोजी भने सबैको हुन्छ ।

विज्ञान र प्रविधिको विकासले निर्माण सामग्रीको आयाममा निकै परिवर्तन ल्याएको छ । तर, अधिकांश निर्माणकर्ताले प्रयोग गरिरहेको सामग्री परिवर्तनको जोखिम उठानमा भने अझै अन्योलमा पर्ने गरेको पाइन्छ ।

नेपालमा विभिन्न उत्पादनहरू र निर्माणको गुणस्तरको नापजाँच र अनुगमन गर्ने सरकारी निकाय गुणस्तर तथा नापतौल विभाग हो । देशभर विभिन्न क्षेत्रीय कार्यालयहरूमार्फत सेवा दिदै आएको विभागले अहिले नेपालमा उत्पादन हुने ११ किसिमका वस्तुलाई अनिवार्य गुणस्तर चिन्ह लिनुपर्ने वस्तुको रूपमा परिभाषित गरेको छ । यद्यपि, यसबाहेकका अन्य वस्तु उत्पादन गर्ने उद्योगहरूले पनि स्वेच्छिक रूपमा गुणस्तर चिन्ह लिनसक्ने प्रावधान रहेको छ ।

विदेशी उद्योगले उत्पादन गरेका सामग्रीलाई अहिलेसम्म भन्सारमा रोकेर नमूना संकलन गरेर मात्रै नेपालमा आयात गर्न स्वीकृति दिने गरे पनि अब विदेशी उद्योगलाई पनि चाहेको खण्डमा नेपाल गुणस्तर चिन्ह दिने कार्यविधि विभागले तयार पारेको छ ।

विगत ३ दशकदेखि विभिन्न वस्तु वा पदार्थहरुको नापतौल र गुणस्तर निर्धारण गर्दै नापतौल विभागले हाल नेपालमा उच्चस्तरीय र उच्च गुणस्तरयोग्य बस्तु बजारमा पठाउन भूमिका खेल्दै आएको छ । नेपालमा विगत ४ वर्षदेखि पुनर्निर्माण काम भइरहेको छ । भूकम्पपछि नेपालमा भइइरहेका भौतिक पूर्वाधार निर्माणमा कस्तो गुणस्तरका सामग्रीहरुको प्रयोग भइरहेको छ भन्ने अहिले आमनेपाली जनताको चासो बनेको विषउ छ । कुनै बेला निर्माण गर्दागर्दै पुल भत्केका, भवन ढलेका समाचार पनि सार्वजनिक भएको समाचारले निर्माणकर्तामा एक प्रकारको अन्योलता थपिदिएको छ ।

नेपालमा उत्पादन हुने सिमेन्ट, छठ, पेन्टलगायतका सामग्रीहरु उच्च गुणस्तरको रहेको विभागको बुझाइ छ । विभागले विगतमा कार्यबद्ध रुपमा निर्माणका क्षेत्रमा अनुगमन गर्दै आएको छ । यसको अनुगमन कसरी भइरहेको छ भन्ने थुप्रै विषयमा निर्माणकर्ताहरु अन्योलमा परेको पाइन्छ । विगतमा सबै क्षत्रमा उचित अनुगमन हुन नसक्दा गुणस्तरीय सामान प्रयोग नगरीएको पाइन्थ्यो तर अहिले कुरा गर्दा नेपालमा कुनै सामग्री प्रयोग गर्दा ढुक्क भएर प्रयोग गर्दा हुने अवस्था सिर्जना भएको छ ।

समान्यतय निर्माण सामग्रीको प्रयोग गर्दा नेपालमा ओपीसी सिमेन्ट प्रयोग भएको पाइन्छ । यस्तो प्रकारको सिमेन्ट प्रयोग गर्दा निर्माणमा छिटो हुने र समयको बचत हुनाले यो बढी रुचाइन्छ । तर, अहिलेको कुरा गर्ने हो भने पीपीसी सिमेन्टको पनि गुणस्तरयुक्त रहेको पाइन्छ । यसले निर्माणमा प्रयोग गर्दा समय धेरै लाग्ने भए पनि अति विश्वसनीयय रहेको छ ।

यस्तै अहिले भौतिक पूर्वाधार र निर्माणका क्षेत्रमा नेपालमा प्रयोग भएको जुनसुकै निर्माणका सामग्री पनि अति विश्वसनीय रहेका छन् । भौतिक निर्माणमा छड, सिमन्ट मात्रै नभई ब्ल्क पनि प्रयोग गर्न थालिएको छ । जर्मन, बेलायतलगायतका युरोपेली मुलुकमा प्रचलित नया“ प्रविधिमा आधारित ब्लक नेपालमा पनि उत्पादन शुरु भएको छ ।

परम्परागत इँटाको तुलनामा करिब १० प्रतिशत सस्तो, ६० प्रतिशत हलुका र बलियो भनेर दाबी गरिएको यो ब्लक नेपालमै पहिलोपटक उत्पादन शुरु भएको छ । समग्र भवन निर्माणमा यसको प्रयोगबाट बलियो, सस्तो तथा गुणस्तरीय सामग्री भएकै कारण युरोपमा अत्यन्त लोकप्रिय रहेको र भारतमा पनि यसको लोकप्रियता बढ्दै गएकोले यहाँ पनि यसको सम्भावना देखेर सुरु भएको पाइन्छ ।

(नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक पुडासैनीसँग मनोज रेग्मीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्