हुवावेले ओएस परिवर्तन गरे गुगलले एक अर्ब युजर्स गुमाउने



बेइजिंग (एजेन्सी)
स्मार्टफोन तथा सन्चार उपकरण निर्माता हुवावेमाथि अमेरिकी सरकारका तर्फबाट ब्यापारिक प्रतिबन्धपछि गुगलले पनि कम्पनीको एन्ड्रेइड लाइसेन्स आगामी केही महिनाबाट रद्द गरिसकेको छ।

यस निर्णयपछि हुवावे आफना स्मार्टफोनमा एन्ड्रेइड अपरेटिंग सिस्टम उपलब्ध गराउन नपाउने भएको छ । अमेरिकाको अर्थ मन्त्रालयले हुवावेलाई राष्ट्र्यि सुरक्षाका लागि खतरा रहेका कम्पनीहरुको सुचीमा सुचिकृत गरेपछि यो समस्या आएको हो ।

हुवावेले यस प्रतिबन्धपछि आपनै मोबाइल अपरेटिंग सिस्टम विकास गर्ने निर्णय गरेको छ र त्यसमा उसले काम पनि गरिरहेको छ । गुगलका तर्फबाट तत्काल एन्ड्रेइड अपरेटिंग सिस्टम दिने विषयमा कुनै प्रष्ट सकेट आएको छैन ।

अमेरिकी अर्थ मन्त्रालयले यद्यपी ९० दिनका भित्र अर्थात प्रतिबन्ध अगाडी अमेरिकी कम्पनीहरुलाई हुवावेसँगको बाँकी लेनदेन पुरा गर्न भनेको छ । तर यसले हुवावेका लागि कठिना कम गरेको छैन , अमेरिकी कम्पनीहरुको सुविधाका लागि मात्र हो ।

हुवावेले आफनो मोबाइल प्रयोग गर्नेहरुलाई उनीहरुसँग रहेको सबै स्मार्टफोनले काम गरिरहने र उनीहरुले पछि आउने एन्ड्रेइड अपडेट्स पनि पाइरहने सुनिश्चित गरेको छ ।

प्रतिबन्धबाट कम्पनीलाई नोक्सान हुने स्विकार गर्दै ३० देखि ४० अर्ब डलर घाटा हुन सक्ने हुवावेले स्विकारेका छ । यस समस्याबाट निजाद पाउने हुवावेले आफनो हंगमेग ओएसमा (ओएके ओएस)काम गरिरहेको छ ।

सीएनबीसीलाई दिएको एक अन्तरवार्तामा हुवावेका संस्थापक तथा सीइओ रेन झेंगफेइले यदि आफनो कम्पनीले एन्ड््रोइड ओएसको प्रयोग गर्न बन्द गरेमा गुगलका करिब ७० देखि ८० करोड युजर्स कम हुने दावी गरेका छन् । उनले भने, गुगल र हुवावे दुबै मिलेर काम गरिरहेको हो, यदि हुवावे गुगल सिस्टम लोड नगर्ने हो भने गुगललाई भविष्यमा ७० देखि ८० करोड युजर्स नोक्सान हुने छ ।

कम्पनी गुगलको अपरेटिंग सिस्टमलाई प्रतिस्थापन गर्न नचाहेको र यसले प्रगतिमा सुस्तता आउने बताउँदै यदि यसतो कदम चाल्नु परेमा हुवावेसँग आफनै ओएस भएको उनले बताए । उक्त ओएसको सहयोग बाट पनि बजार टिकाइराख्न सकिने उनले प्रष्ट पारे ।

हुवावेको हंगमेंग ओएस अर्थात आएक ओएस आगामी सेप्टेम्बरको अन्त्य वा अक्टोबरसम्ममा पुर्ण स्वरुपमा सार्वजनिक हुने तयारी रहेको अनुमान गरिएको छ । यो ओएस शुरुमा मध्यमस्तरका डिभाइसहरुमा देखिन सक्ने समाचारमा जनाइएको छ ।

हालैमात्र हुवावेको मोबाइल अपरेटिंग सिस्टमका लागिगरिएको एक परीक्षणमा ओप्पो र भिवो जस्ता कम्पनीले पनि भाग लिएको थियो । यस परीक्षणमा हुवावेको हंगमेंग ओएस अहिले प्रयोगमा रहेको एन्ड्रेइडको तुलनामा करिब ६० प्रतिशतसम्म तिब्र गतिको भएको पाइएको छ । यो बाहेक केही समाचारमा हुवावे सेल्फिस ओएस र रुसको अरोरा ओएस पनि एन्ड्रेइडको प्रतिस्थापनका रुपमा प्रयोग गर्न सक्ने सम्भावना ब्यक्त गरेको छ ।

हुवावेले आफनो तर्फबाट हंगमेंग ओएस सबै एन्ड्रेइड एप्सका लागि कम्पाटिबल हुने र त्यसको काम पनि उक्त ओएस भन्दा राम्रो हुने जनाएको छ ।

यदि हुवावेले एन्ड्रेडडलाई आफनो डिभाइसबाट प्रतिस्थापन गरे भने बाँकी चिनिया स्मार्टफोन निर्माताले पनि उसको अपरेटिग सिस्टम प्रयोग गर्न सक्ने अनुमान गरिएको छ । यस अवस्थामा मोबाइल ओएस बजारमा गुगल सबैभन्दा ठुलो ब्रान्ड रहने छैन र कुनै अर्को विकल्प एन्ड्रेइडलाई टक्कर दिने स्थितिमा आउन सक्ने अनुमान गरिएको छ । गुगलले पनि यसलाई बुझेको छ र यस विषयमा अमेरिकी सरकार समक्ष चिन्ता पनि ब्यक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्