थ्रीडी प्रिन्टरबाट मंगल ग्रहका लागि घर तयार



वासिंगटन (एजेन्सी)
अमेरिकाको एक कम्पनीले थ्रीडी प्रिन्टिंग प्रविधिको प्रयोगबाट एक त्यसतो घर तयार गरेको छ जसमा बस्नेहरुले मंगलग्रहको अनुभव लिन सकिनेछ । यसलाई टेरा नाम दिइएको छ । न्युयोर्कको हडसन नदी नजिकको जगलमा यस प्रकारका केही घरहरुको निर्माण पनि पुरा भइसकेको छ । छिट्टै यसलाई विदा मनाउन आउने पर्यटकहरुका लागि खुला गरिनेछ । यसबाट हुने आम्दानी फर्मको भावी अनुसन्धान तथा निर्माण कार्यमा लगाइने छ ।

यदि यी घरको डिजाइन सफल हुन्छ भने मानव मंगलग्रहमा स्थापित भएपछि यही प्रविधिबाट त्यहाँपनि बस्तीका लागि आधार तयार गर्न सकिने समाचारमा जनाइएको छ । यसको निर्माण गर्ने कम्पनी एआई स्पेस फ्याक्ट्र्र्ी यसअघि पनि आफना आविस्कारका लिएर नासाबाट पुरस्कार विजयी भइसकेको छ । टेराको निर्माण बायोपोलिमर बेसाल्ट कम्पोजिट मेटेरियलबाट गरिएको छ । यो पदार्थको बनाउनमा उखु र भुषको प्रयोग गरिएको छ । वैज्ञानिकहरुले यसलाई मार्सियन पोलिमर नाम दिएका छन् ।

३डी प्रिटिंगबाट बनेका यी पोड नासाको परीक्षणमा सामान्य कंक्रिट तथा स्टिलले बनेको घर भन्दा ५० प्रतिशत धेरै बलियो पाइएको छ । बेलनाकारको यी आवासमा अन्तरिक्ष यात्रीहरु तिब्र बेगका हावा तथा सौर्य रेडिएसनबाट पनि सुरक्षित रहन सक्छ ।

टेरामा वैज्ञानिकका लागि प्रयोगशाला दखि सुत्ने स्थान र ब्यायमशालाको समेत ब्यवस्था गरिएको छ । पानीको आवश्यकता पुरा गर्न यी भवनमा ५ हजार ५ सय लिटरको एक सिलिन्डर पनि राखिएको छ ।

ट्रम्प प्रशासनले नासालाई सन् २०३० सम्ममा मंगल ग्रहमा मानव अवतरण गराउने जिम्मेवारी दिएको छ । सन् २०१७ मेमा नासाका योजना प्रबन्धक ग्रेग विलियम्सले एजेन्सीको चार चरणको योजना विश्वसामु राखेका थिए । उक्त योजना अनुसार पहिलो र दास्रो चरणमा आवास बनाउने सम्भावनाको खोजी गर्नु हो ।

त्यसपछि मंगल ग्रहमा लामो दुरीका अन्तरिक्ष यान मार्फत आवास निर्माणका लागि आवश्यक हार्डवेयर पनि पुर्याइने छ । सन् २०२७ मा मंगलग्रहमा जीवनको सम्भावना खोजीने छ । तेस्रो र चौथो चरणमा सन् २०३० पछि अन्तरिक्ष यात्रीहरुलाई मंगल ग्रहमा पठाउन शुरु गरिने छ ।

प्रतिक्रिया दिनुहोस्