उत्तर कोरियामा अस्ट्रेलियाली छात्र बेपत्ता



सिडनी ( एजेनसी)
अष्ट्रेलियाली सरकारले विहिवार उत्तर कोरियामा एकजना अष्ट्रेलियाली पुरुषलाई प्रहरीले हिरासतमा लिएको खवर सार्वजनिक भएपछि यसबारे तत्कालै पुष्टि गर्न खोजिरहेको जनाएको छ ।

उत्तर कोरियाको राजधानी प्योंगयांगमा बसेर अध्ययन गरिरहेका २९ वर्षिय एलेक सिग्लीलाई पक्राउ गरिएको पुष्टि हुन नसकको तर उनी मंगलवार देखि आफुहरुको सम्पर्कमा नरहेको उनको परिवारले जनाएको छ ।

उनको परिवारले अष्ट्रेलियाली सरकारले यसबारे यकिन गर्ने प्रयास गरिरहेको पनि बताएको छ । सरकारले यसलाई निकै गम्भीर परिस्थिीतीको संज्ञा दिएको छ । उत्तर कोरियामा अष्ट्रेलियाली दुतावास छैन । त्यसैले अष्ट्रेलियाका एकजना मन्त्रीले दक्षिण कोरिया स्थित आफ्ना प्रतिनिधिहरु मार्फत उत्तर कोरियाका सरोकारवाला अधिकारीहरुसंग यस घटनाबारे सोधखोज भइरहेको बताएका छन् ।

अष्ट्रेलियाली समय अनुसार मंगलवार विहान देखि एलेक उनका साथीभाई तथा परिवारसंग डिजिटल सम्पर्कमा नरहेको तथा यो असामान्य र अस्वाभाविक भएको बताइएको छ । एसियाली विद्वानको रुपमा समेत चिनिने तथा धराप्रवाह कोरियाली भाषा बोल्ने उनलाई किन गिरफतार गरियो होला भन्ने पनि स्पष्ट हुन सकेको छैन।

अष्ट्रेलियन ब्रोडकास्टिंग कर्पोरेसनले एलेकका साथीहरुले उनी यसै साताको शुरु देखि हराइरहेको बताएको जनाएको छ । अष्ट्रेलियाको पर्थका स्थायी वासिन्दा उनी गत वर्ष देखि उत्तर कोरियाको किम इल सुंग विश्वविद्यालयमा कोरियाली साहित्यमा स्नातकोत्तर गर्न व्यस्त रहेका थिए ।

उत्तर कोरियामा विदेशी विद्यार्थीहरु पढ्न जाने घटना विरलै देखिन्छ । तर विश्वका केहि राष्ट्रका विद्यार्थीहरु शैक्षिक आदान प्रदान कार्यक्रम अन्तर्गत त्यहाँ पुग्ने गरेका छन् । चिनिया सरकारी संचार निकाय सिन्ह्वाका अनुसार प्रत्येक वर्ष चीन सरकारले साठीजना छात्रछात्रालाई उत्तर कोरियाली विश्वविदालयहरुमा अध्यन गर्न छात्रवृत्ति प्रदान गर्दै आएको छ भने करिव सत्तरीजनाले निजी श्रोतमा त्यहाँ अध्ययन गर्न जाने गरेका छन् ।

पहिलो पटक सन् २०१२ मा उत्तर कोरिया पुगेका एलेकले उक्त कम्युष्टि मुलुक घुम्न आउने पश्चिीम पर्यटकहरुलाई सहयोग गर्ने व्यवशाय पनि चलाउँदै आएको उनको पारिवारिक सुत्रले जनाएके छ ।

प्रतिक्रिया दिनुहोस्