भिडले किचिएर सोह्र जनाको मृत्यु



एन्टानानारिभो,(एजेन्सी)
मदागास्करको एउटा रंगशालामा स्वाधिनता दिवस मनाउने क्रममा विहिवार अचानक भागदौड मच्चिँदा किचिएर कम्तिमा १६ जना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ । यस दुर्घटना सम्बन्धी विस्तृत विवरण अझै स्पष्ट भइसकेको छैन ।

तर स्थानिय निकायले परेड पछि मानिसहरु रंगशालाबाट निस्न खोजदा प्रहरीले त्यहाँ बाहिरिने ढोकाहरु बन्द गरिदिएकाले सो अप्रिय घटना घटेको बताएको छ । राजधानी एन्टानानारिभोमा भएको यस घटनामा अन्य दर्जनौं व्यक्ति घाइते भएका छन् ।

गत वर्षको सेप्टेम्वरमा सोही रंगशालामा एउटा फुटवल म्याच भइरहेकोबला भिडले किचिएर एक व्यक्तिको ज्यान जानुका साथै अन्य तीसजना भन्दा बढि घाइते भएका थिए । विहिवारको घटनामा सैनिक परेड र कन्सर्ट हेर्न त्यहाँ हजारौं मानिसको भिड लागेको थियो ।

प्रत्यक्षदर्शहरुका अनुसार थुप्रै गेटह रुतत्काल ैबन्द गरिँदा र प्रहरीले भिडलाई रोक्न खोज्दा सो घटना घटेको हो । राष्ट्रपति एन्ड्री राजोलिना ले अस्पतालमा पुगेर घाइतेहरुको स्थिती बुझेका छन् । साथै उनले पत्रकारहरुलाई तिनीहरुको उपचारको सम्पूर्ण खर्च सरकारले नै व्यहोर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्