‘ट्रम्प–किम तेस्रो शिखरवार्ताका लागि गोप्य तयारी’



सोल (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच तेस्रो शिखरवार्ताको सम्भावना खोज्न दुबै देशका अधिकारीहरु गोप्य वार्तामा तल्लिन रहेको दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले बताएका छन् ।

शिखरवार्ताका उद्देश्य उत्तर कोरियाका परमाणु हतियार भन्डारको भविष्य तय गर्नु रहेको बताइएको छ । यसअघि ट्रम्प र किमबीच चार महिना अगाडी हनोइमा दोस्रो शिखर वार्ता भएको थियो । तर यो बिना कुनै सम्झौता अकस्मात टुंगिएको थियो ।

हनोइ वार्ता समाप्त भएपछि वासिङटन र प्योङयाङबीच कुनै सार्वजनिक बैठक भएको छैन । तर ट्रम्प र किमबीच हालै मात्र निजि पत्र आदान प्रदानपछि अमेरिका र उत्तर कोरियाबीच संवाद पुन शुरु हुने सम्भावना बढेको छ । दषिण कोरियाली राष्ट्रपति मुनले मंगलबार एक प्रश्नको जवाफमा ‘ट्रम्प र किम वार्तामा सहभागी हुने इच्छा समाप्त भएको छैन ‘ बताएका थिए । उनीहरुबीच हालै मात्र पत्रको आदान प्रदानले यसलाई पुष्टि गरेको उनले थपे ।

यसैबीच उत्तर कोरियाले परमाणु विषयको वार्तामा अमेरिकी विदेशमन्त्री माइक पोम्पियो बाधक भएको बताएको एएफपीले जनाएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयका एक प्रवक्ताले ट्रम्पका विदेश मन्त्रीको आलोचना गर्दै पाम्पियोको हालैको बयानको निन्दा गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्प यसै हप्ताको अन्त्यमा दक्षिण कोरियाली राष्ट्रपति मुनसँग वार्ता गर्न सोल जाने तयारीमा छन् ।

ट्र्म्पको आक्रोस
अमेरिका राष्ट्र्पति डोनाल्ड ट्र्म्प र रुसका राष्ट्र्पति भ्लादिमिर पुटिनबीच जी २० शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने तय भइसकेको छ । यस भेटवार्तालाई लिएर सोधिएको एक प्रश्नको जवाफमा राष्ट्र्पति ट्र्म्प सन्चार माध्यमसँग आक्रोसित बनेका छन् । ट्र्म्पले सन्चारमाध्यमलाई भने ( मेरो उहाँसँग अत्यन्त राम्रो कुरा हुनेछ ।

म उहाँलाई के भन्छु र के भन्दिन, यो तफाईको चासोको विषय होइन । जापानको ओसाकामा जुन २८ र २९ मा जी २० को शिखर सम्मेलन हुन गइरहेका छ । पुटिनसँग भेटवार्ता हुने विषयमा अमेरिका भित्रै विवाद रहेकोले यसमा केही अनिश्चितता छाइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्