अमेरिकामाथि हुने हमला टेलिभिजनमा हेरेर बसे हुन्छ, जापानः ट्रम्प



वासिङटन (एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले हालै दिएको एक अन्तरवार्तामा यदि जापानमाथि हमला हुन्छ भने अमेरिका तेस्रो विश्व लड्ने तर अमेरिकामाथि हमला भएको स्थितिमा जापानले त्यसतो गर्न आवश्यक नहुने बताएका छन् ।
फक्स विजनेस न्युजलाई दिएको एक अन्तरवार्तामा ट्रम्पले उक्त ब्यंग गरेको हो । राष्ट्रपति ट्रम्प शुक्रबार जापानमा हुने जी २० शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेसँग बैठक हुनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्प एसिया प्रशान्त क्षेत्रमा सैन्य उपस्थितिमा भइरहेको खर्चलाई लिएर प्राय अमेरिकी सहयोगीहरुसँग विवाद गर्दै आइरहेका छन् ।
अमेरिका यी सैन्य सम्झौतामा अनावश्यक खर्च गरिरहेको ट्रम्पले ठानेका छन् । ब्लुमबर्गमा छापिएको एक समाचारमा ट्रम्पले जापान तथा दक्षिण कोरिया ‘कस्ट प्सस ५० ‘ फर्मुलामा काम गरोस भन्ने चाहेको छ । उक्त निति अन्तर्गत ती दुई दैशले अमेरिकी सैनिकको पुरा खर्च उठाउनु पर्ने र त्यो बाहेक ५० प्रतिशत धनरासी अमेरिकालाई बुझाउनु पर्ने भन्ने रहेको छ ।

आगामी दिनमा दुई देशबीच कस्तो खालको द्विपक्षिय सम्झौता हुन सक्छ भन्ने प्रश्न ट्रम्प समक्ष राखिएका थियो । १९६० को मध्यदेखिको उक्त सैन्य सम्झोताका सम्बन्धमा ट्रम्पले फोक्स न्युजलाई दिएको उक्त अन्तरवार्तामा भने– यदि जापानमाथि हमला भएमा हामी तेस्रो विश्व युद्ध लड्ने छौं । हामी त्यहाँ जानेछौं । हामी उनको रक्षा गर्नेछौं ।

हामी आफनो जिन्दगी र आफनो धन लगाएर लडनेछौं । जुन सुकै मुल्यमा लडने छौ । तर यदि हामी माथि हमला हुन्छ भने जापानले हाम्रो मद्दत गर्नु विलकुल आवश्यक छैन । उ हामी माथि भइहरको हमला कुनै सोनी टीभीमा हेरेर बस्न सक्छ ।

यो सँगै ट्रम्पले भने– विश्वमा करिब हरेक देशले अमेरिकाको अत्यन्त धेरै फाइदा उठाएका छन् । यो विश्वास गर्न लायकको कुरा होइन ।
हालै मात्र ब्लुमबर्गसँगको अनौपचारिक कुराकानीमा ट्रम्पले जापान–अमेरिकाबीचको सम्झौताबाट बाहिरिने विषयमा कुरा गरेको समाचार छापेको थियो । उनको विचारमा यो एकतर्फी सम्झौता हो ।

यसअघि सन् २०१८ को जुनमा क्यानाडा आयोजित जी ७ देशको बैठकमा सहभागी हुनु अगाडी ट्रम्पले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोलाई निसाना बनाएका थिए ।

दोस्रो विश्व युद्धपछि सन् १९५१ मा अमेरिका र जापानले अमेरिकी सैन्य तैनाथ गर्ने मुद्दामा सम्झौता गरेका थिए । सन् १९६० मा यस संधिको सर्तमा परिवर्तन गरिएको थियो ।

उक्त सहमतिमा सबैभन्दा महत्वपुर्ण सर्त जापानले अमेरिकालाई आफनो जमिनमा सैन्य अड्रया राख्न अनुमति दिनु पर्ने र त्यसको बदलामा अमेरिकाले जापानमाथि हमला भएमा उसको रक्षा गर्नु पर्ने ब्यवस्था हो ।

प्रतिक्रिया दिनुहोस्