पूर्वराष्ट्रपतिमाथि बलात्कारको आरोप



बान्जुल, (एजेन्सी)

गाम्बियाको २३ वर्षीया पूर्वब्युटि क्विन फातोउ ‘तोउफाह’ ज्याल्लोले कार्यकालमै रहेको अवस्थामा गाम्बियाका पूर्वराष्ट्रपति याहया जाम्मेहले आफूलाई बलात्कार गरेको बुधबार सार्वजनिक गरेकी छिन्।

जाम्मेहविरुद्धको अर्को बलात्कारको अभियोग बारे साक्षी बस्ने हिसाबले र्युमन राइट्स वाच र ट्रायल इन्टरनेसनलका लागि बयान दिने क्रममा उनले सो आरोप लगाएकी हुन्। बीबीसीले हाल इक्वेटोरियल गिनियामा निर्वासित जीवन बिताउँदै आएका जाम्मेहसंग सो अभियोग सम्बन्धमा सोधपुछ गर्न सम्पर्क राख्ने प्रयास गरेको छ। तर उनको एपीआरसी पार्टीका प्रवक्ताले उनीविरुद्ध लगाइएका आरोपहरु अस्वीकार गरेका छन्।

बीबीसीलाई लिखित बयान दिने क्रममा प्रवक्ता ओउसम्यान र्याम्बो जात्ताले भनेका छन– ‘हामी एउटा राजनीतिक पार्टी र गाम्बियाली जनताको हैसियतले हाम्रा पूर्वराष्ट्रपतिविरुद्ध लगाइएका अनावश्यक अभियोगबाट वाक्कदिक्क भइसक्यौं। पूर्वराष्ट्रपतिसंग झुठा कुरा बारे प्रतिक्रिया दिइरहने फुर्सत छैन।

भगवानसंग डराउने उनले गाम्बियाली महिलालाई सम्मान गर्नबाहेक अरू जानेकै छैन।’ तर ज्याल्लोले आफूले न्याय पाउन ५४ वर्षीय जाम्मेहसंग अदालतमै भेट्न चाहेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्