विधायिका मोइत्राको भाषण सम्मानित



नयाँदिल्ली, (एजेन्सी)

भारतको इतिहासमै पहिलोपटक संसद्मा एक महिला विधायिकाले दिएको शानदार भाषणलाई ‘वर्षको भाषण’ को उपाधिसहित प्रशंसा गरिएको छ।

तृनामूल कंग्रेस पार्टी (टीएमसी) का माहुवा मोइत्राले ‘फाँसीवादको प्रारम्भिक संकेतहरु’ बारे आकर्षक ढंगले भाषण दिएकी थिइन्। उनले संयुक्त राज्य अमेरिकास्थित यहुदी नरसंहार स्मारक संग्रहालयको एउटा पोस्टरमा आफूले फाँसीवादको शुरूका थुप्रै चेतावनीयुक्त संकेतहरु देखेको बताएकी छिन्।
उनले यी बुँदामार्फत भारतको संविधान खतरामा रहेको तथा सत्तारुढ पार्टीबाट राष्ट्र विभाजित गरिँदै गरेको बताएकी छिन्।

मोइत्राले हालै सम्पन्न लोकसभाको चुनावमा भारतीय जनता पार्टीले अत्यधिक बहुमतले विजय भएको स्मरण गराउँदै अत्यधिक जनमतले विपक्षीहरुको पनि आवाज सुन्न जरुरी रहेको बताएकी छिन्। उनले सत्तारुढ पार्टीको विरोध गर्दै फाँसीवादका सातवटा प्रारम्भिक खतरनाक संकेत उल्लेख गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्