बाबु छोरीको तस्वीर भाइरल



वासिंगटन, (एजेन्सी)

एल साल्भाडो सरकारले बुधबार एकजना पुरुष र उनकी छोरीको रियो ग्रान्डेमा अकाल मृत्यु भएपछि आफ्ना जनतालाई जीवनकै खतरा मोलेर अमेरिका जाने प्रयास नगर्न चेतावनी दिएको छ। जलीय क्षेत्रमा आफ्नो मृत पिताको घाँटीमा हात बेरिएको अवस्थामा खिँचिएको २३ महिने मृत बालिकाका मार्मिक तस्वीरहरु भाइरल भइपछि जन आक्रोश फैलिएको छ।

अमेरिका र मेक्सिकोले विशेष गरी मध्यअमेरिकाबाट उत्तरतर्फ आउने थुप्रो संख्याका अवैध आप्रवासीलाई रोक्ने विषयमा कडा नीतिहरु कार्यान्वयन गरिरहेका बेला यो घटना घटेको हो।
पछिल्लो केही दिनमा छ जना अवैध आप्रवासीको अकालमा ज्यान गएको छ। अधिकांश आप्रवासीले होन्डुरस, ग्वाटेमाला र एल साल्भाडोरको गरिबी र हिंसाबाट बच्न अमेरिकामा शरणार्थी लिने आफूहरुको योजना भएको बताउने गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासविरुद्धको कडा अडानको कारण आप्रवासीहरुले खतरनाक मार्गहरु प्रयोग गर्न बाध्य भएको केही आलोचकहरुको भनाइरहेको छ।

अमेरिकी सीमा गस्ती निकायले सन् २०१८ मा मात्र अमेरिका र मेक्सिकोको सिमानामा कम्तिमा २ सय ८३ जना आप्रवासीको मृत्यु भएको जनाएको छ। तर मानव अधिकारवादी अभियन्ताहरुले सो संख्या अझै बढी हुनुपर्ने दाबी गरेका छन्।

हाल भाइरल भइरहेको तस्वीरमा देखिएका २५ वर्षीय ओस्कार अल्बर्टो मार्टिनेज रामिरेज र उनकी छोरी भ्यालेरियको आइतबार उत्तरी मेक्सिकोको टामाउलिपास राज्यको मातामोरोसबाट अमेरिकाको टेक्सासमा आउने प्रयासमा पानीमा डुबेर ज्यान गएको थियो।

महिला पत्रकार जुलियाले डुकले खिचेको यो तस्वीर सोमबार मेक्सिकोको अखबार ला जार्नोडाले प्रकासित गरेको थियो। मृतककी पत्नी २१ वर्षीया तानिया भ्यानेस्साले अभालोस तिनीहरु मानवीय भिसामा दुई महिनादेखि मेक्सिकोमा बस्दै आएको बताएकी छिन्।

अमेरिकी अधिकारीसमक्ष पेश हुन नसकेपछि दिक्क भएर तिनीहरुले नदी तरेर शरणार्थी बन्ने प्रयास गर्ने निर्णय गरेका थिए। रामिरेजले छोरीलाई नदी पार गराई अर्को किनारामा पुर्याउन सफल भएका थिए। तर पत्नीलाई लिन पुन पौडिएर फर्कने क्रममा एक्लै आत्तिएकी उनी छोरी उनलाई पछ्याउन नदीमा हामफालेका थिए। तर दुर्भाग्यवश बाबुछोरी दुवैलाई नदीको कडा धारले बगाउन पुगेको थियो।

यसैबीच अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटहरुले दक्षिणी सिमानामा मानवीय राहतका लागि साढे चार अर्ब अमेरिकी डलरबराबरको बजेट पारित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्