वान प्लस ७ प्रोमा एक वर्षसम्मको इन्स्योरेन्स सुविधा



वान प्लसले आफ्नो नवीनतम् संस्करण वान प्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ। वान प्लस ७ प्रोमा क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्ने ट्रिपल क्यामेरा, अपग्रेडेड स्क्रिन अनलक टेक्नोलोजी, एकनासको डिस्प्ले लगायतका विशेषता रहेका छन्। वान प्लसले ग्राहकलाई अतिरिक्त सुविधा तथा लाभ पु¥याउने उद्देश्यले कुनै पनि वान प्लस ७ प्रो को खरिदमा १ वर्षसम्मको वारेन्टी प्रदान गर्ने भएको छ। साथै वानप्लसमा स्क्रिन टुटेफुटेको अवस्थामा एक वर्षसम्मको इन्स्योरेन्स सुविधाको व्यवस्थासमेत रहेको छ। वान प्लसले कम लागतमा खरिदपछि पनि गुणस्तरीय तथा जेन्यून उत्पादन प्रदान गर्दछ। यो सबै सेवा पाउनका लागिे भ्याट बिल सहितको जेन्यून उत्पादन खरिद गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्