एभरेष्ट बैंक र सीपी हस्पिटलबीच सम्झौता



एभरेष्ट बैंकले धनगढीको सीपी हस्पिटल प्रालिसँग ग्राहकलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ। धनगढीको चटकपुरस्थित सीपी हस्पिटलले साधारण र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्छ। सीपी हस्पिटलले आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवा प्रदान गर्दै आइरहेको छ। बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयुमा ग्राहकले बेड चार्ज, डाइग्नोस्टिक ९इन हाउस०, सर्जरी, प्रोसिड्यूर र फार्मेसीमा १० प्रतिशत छुट पाउन सक्नेछन्। यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकले एटीएम कार्ड वा क्रेडिट कार्ड देखाएर १० प्रतिशत छुट पाउनेछन्। एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकको संख्या १० लाखभन्दा बढी रहेको छ। एभरेष्ट बैंकले हाल ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११९ एटीएमबाट सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्