नेप्सेमा सामान्य वृद्धि



नेपाल समाचारपत्र, काठमाडौं
लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेन्जका (नेप्से) परिसूचक सोमबार भने सुधार आएको छ। यस दिन नेप्से ५ दशमलव ७५ अंकले वृद्धि भई १२६० दशमलव १० अंकमा पुगेको छ।

सोमबार कुल १७३ कम्पनीको १५ लाख चार हजार ६७२ कित्ता शेयर ४८ करोड १४ लाख ९२ हजार ८२१ रुपियाँमा कारोबार भएको छ।। यस जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको छ। यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ७८ प्रतिशतले बढेको छ।

समग्र परिसूचक वृद्धि भए पनि मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको शेयरमूल्य ९ दशमलव ६० प्रतिशतले घटेको छ। त्यस्तै उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४ दशमलव ५२, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३ दशमलव प्रतिशतले शेयर मूल्य घटेको छ।

सोमबार कारोवारमा आएका ११ वटा समूहमध्ये चार वटा समूहको शेयर घटेको छ भने बाँकी समूहको सूचक बढेको छ। घट्नेमा विकास बैंक २ दशमलव ५५ अंक, निर्जीवन बीमा २ दशमलव २२ अंक, जीवन बीमा शून्य दशमलव ४ अंक र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ३ अंकले घटेका छन्।

यस्तै बैंकिङ ४ दशमलव ३४, होटल २६ दशमलव ५४, जलविद्युत् ८ दशमलव ५६, वित्त १ दशमलव १, उत्पादन ७ दशमलव ७४, अन्य ८ दशमलव ६९ र लघुवित्त १७ दशमलव ३८ बिन्दुले बढेको छ। कारोवारका आधारमा शिवम् सिमेन्ट अगाडि रहेको छ। यस कम्पनीको पाँच करोड १८ लाख रुपियाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्