निर्माण सामग्री सहज रुपमा उपलब्ध गराउन माग


निर्माण सामग्री सहज रुपमा उपलब्ध गराउन माग
काठमाडौं, (नेस)
विगत केही महिनअघिदेखि सडक निर्माण कार्यमा प्रयोग हुने अत्यावश्यक निर्माण सामग्री ‘बिटुमिन’ आयात नहु“दा निर्माण व्यवसायीलाई ठूलो समस्या परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

नदीजन्य निर्माण सामग्रीको असारको शुरुवातदेखि नै नदीनालाबाट उत्खनन् कार्य बन्द भएकाले देशभरका व्यवसायीहरु थप मारमा परेको महासंघको भनाइ रहेको छ । महासंघका महासचिव रोशन दाहालले बुधवार विज्ञप्ति जारी गर्दै जति सक्दो चा“डो बिटुमिन आयात तथा अन्य निर्माण सामग्री सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाई निर्माण कार्यलाई सहज बनाइदिन सम्बन्धित निकायहरु समक्ष अनुरोध गरेका छन् ।

निर्माण सामग्रीको अभावमा देशभरको निर्माण कार्य प्रभावित भइरहेकाले समस्या समाधानका लागि तत्काल ठोस कदम चालिदिन समेत महासंघले विज्ञप्तिमार्फत् सरोकारवाला सबैमा अनुरोध गरेको छ । आर्थिक वर्ष समाप्त हुनै लाग्दा निर्माण कार्यमा देखापरेका यस्ता समस्याले देशभरका निर्माण व्यवसायी ठूलो आर्थिक मारमा परी राज्यकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने तर्फ पनि महासंघले सम्बन्धित् सबैको ध्यानाकर्षण गराएको छ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।