ओमान ट्यांकर हमलापछि कच्चा तेलको मूल्यमा वृद्धि



टोक्यो (एजेन्सी)
ओमान खाडीमा तेलका दुई ट्याँकरमाथि भएको हमलापछि अमेरिका र इरानबीच बढ्दो तनावसँग कच्चा तेलको मुल्यमा बृद्धी भएको छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले वासिङटनका तर्फबाट तेलको सुरक्षित आवागमनका लागि आवश्यक कदम उठाइने बताएका थिए । त्यसपछि सोमबार कच्चा तेलको मुल्यमा एक पटक फेरी उतार देखिएको हो । पोम्पियोले उक्त बयान लगत्तै कच्चा तेलको मुख्यमा सुन्य दशमलव चार प्रतिशतले बृद्धी भएको हो । हाल यो मुल्य ६२ डलर २७ सेन्ट प्रति ब्यारेलको स्तरमा छ ।

यसअघि बिहिबार ट्याँकरमा आक्रमणपछि कच्चा तेलको मुल्यमा ४ दशमलव ५ प्रतिशत र शुक्रबार १ दशमलव १ प्रतिशतले बृद्धी भएको थियो । ओमान सागरमा तेल ट्याँकरमा भएको आक्रमणका लागि अमेरिकाले सिधै इरानलाई जिम्मेवार ठह्याएको थियो । तर इरानले त्यसलाइ अस्विकार गरेको थियो ।
विश्वभरी आपुर्ती हुने कच्चा तेलको ४० प्रतिशत हिस्सा ओमान सागर भएर आउँछ ।

गत एक महिनामा तेलका ट्याँकरमा भएको यो हमला दोस्रो पटक हो । उक्त आक्रमणलाई लिएर पोम्पियोले भनेका थिए– हामी युद्ध चाहँदैनौं । तर यसतो स्थिति रोक्नका लागि जे गर्नु पर्ने हुन्छ त्यो हामी गर्छौं ।
त्यसपछि पनि आइतबार एक पटक पुन इरानलाई चेतावनी दिँदै भने– इरानीले यो प्रष्ट बुझ्नु पर्ने हुन्छ कि यस प्रकारको ब्यवहार विरुद्ध अवश्य कारवाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस्