सुरक्षा कारबाहीमा १९ लडाकू मारिए



तालुक्वान ।
सरकारी सुरक्षाकर्मीहरूले चलाएको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा बिहीबार १९ जना लडाकू मारिएका छन् ।  देशको ताखार प्रान्तको खवजा घार जिल्लामा भएको घटनामा परी अरु कैयौँ लडाकू घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो समय सरकारी पक्षबाट त्यस क्षेत्रका लगातार आक्रमणहरु भइरहेको रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । आक्रमण बढेपछि तालिवान लडाकूहरू ज्यान जोगाउन त्यस क्षेत्रबाट भागेको पनि वक्तव्यमा जनाइएको छ । त्यस क्षेत्रमा अहिले भइरहेको आक्रमण देशकै मुख्य प्रतिरक्षात्मक आक्रमण भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

लडाकूहरू छैनन् भन्ने विश्वास नहँुदासम्म आक्रमण जारी रहने जनाइएको छ । तालिवानी लडाकूहरूको तर्फबाट भने यस घटनाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
रासस

प्रतिक्रिया दिनुहोस्