अर्घाखाँची पीपीसी सिमेन्ट बजारमा



काठमाडौं, (नेस)

अर्घाखा“ची सिमेन्ट प्रालिले पीपीसी सिमेन्ट नेपाली बजारमा ल्याएको छ । सरकारले तोकेको मापदण्ड पूरा गरेकोनेपाल गुणस्थर चिन्ह प्रदान गरेस“गै कम्पनीले पीपीसी सिमेन्टलाई बजारमा बिक्री शुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विगतमा ओपीसी सिमेन्टमा हासिल गरेको सफलता र उपभोक्ताको विश्वासलाई थप बढोत्तर गरी राष्ट्रको विकास निर्माणमा योगदान गर्ने उद्देश्यको साथ पीपीसी सिमेन्टको उत्पादन थालेको हो ।

कम्पनीले हाल विश्वमा प्रचलित एफएल स्मिथको दानिस प्र्रविधिको भीआरएम मेसिनबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । साथै आफ्नै खानीको चुनढुंगाको प्रयोगद्वारा क्लिंकर बनाइने हुनाले अर्घाखा“ची सिमेन्ट कम्पनीको उत्पादनहरुको गुणस्तरमा कुनै सम्झौता नगरेको कम्पनीको भनाइ छ ।

एउटै फ्याक्ट्री परिसरभित्र दुईवटा छुट्टाछुट्टै उत्पादनमार्फत ओपीसी र पीपीसी उत्पादन गर्ने सम्भवत यो नेपालकै पहिलो सिमेन्ट कम्पनी भएको दाबी गरेको छ ।

अर्घाखा“ची पीपीसी सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले भन्नुभयो–‘हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै सम्झौता गरेका छैनौं ।

नया“ प्रविधि र उपभोक्ताको बढ्दो मागका कारण हामीले अर्घाखा“ची पीपीसी सिमेन्ट उत्पादन गर्न शुरु गरेको हौं । पीपीसी सिमेन्टको उत्पादन र बिक्री वितरणस“गै बिक्रेता, उपभोक्ता एवं निर्माणकर्मी माझ उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने हाम्रो प्रतिबद्धतामा नयाँ उपलब्धि हासिल गर्न हामी सफल भएका छौं।’

प्रतिक्रिया दिनुहोस्