हुन्डाई फेस्टिभ डिलाइटका विजेतालाई पुरस्कार प्रदान



काठमाडौं, (नेस)
हुन्डाई अटोमोबाइल्सको नेपालका आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७५ का बम्पर विजेतालाई पुरस्कृत गरेको छ । हुण्डाईको नक्साल शोरुममा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विजयीहरू बद्रिकुमार खड्का (कुपन नं. १६२२) लाई क्रेटाको सा“चो तथा भावना केसी (कुपन नं.९०६) लाई आई टुवान्टी एक्टिभको सा“चो हस्तान्तरण गर्नुभयो ।

त्यसक्रममा लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, विमला खनाल (अध्यक्ष–कञ्जुमर आई नेपाल) तथा सुश्री नैन्सी बोगटी (हुन्डाई मिस फ्रेन्डसिप २०१९ विजेता) को पनि उपस्थिति थियो । बम्पर लक्की ड्र को विजेताको छनोट कार्यक्रमका मुख्य अतिथि विमला खनाल अध्यक्ष–कञ्जुमर आई नेपालसहित सुश्री श्रृंखला खतिवडा (मिस नेपाल २०१८)ले गर्नु भएको थियो ।

हुन्डाई फेस्टिभ डिलाइट २०७५ अन्तर्गत हुन्डाई खरिदकर्ताले एक थान क्रेटा, एक थान आई टुवान्टी एक्टिभ, सय जनाले १० ग्राम सुनसहित स्क्राच कार्डमार्फत १ लाखसम्मको नगद छुट पनि प्राप्त गरेकान थिए । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्