सुजुकीले सुपर क्यारीमा विशेष अफर ल्यायो



काठमाडौं, (नेस)
सिजी अटोमोटिभ्स डिभिजनअन्तर्गतको सिजी होल्डिङस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर प्रस्तुत गरेको छ । कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्नुहुने ग्राहकलाई एक वर्षको निःशुल्क बीमा तथा २० हजार नगद छुट पनि प्रदान गरेको छ । कम्पनीले २ वर्ष÷३० किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को वारेन्टी समेत प्रदान गरेको छ ।

कम्पनीद्वारा नया“ सुजुकी सुपर क्यारीको खरिदमा १ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराएको छ । जसअन्तर्गत इन्जिन आयल, आयल फिल्टर, एअर फिल्टर र स्क्रिन वास पर्छ । बजारमा नया“ सुपर क्यारीको मूल्य ११ लाख ९९ हजार रहेको छ । कम्पनी अनुसार यस गाडीको मुख्य उद्देश्य भनेको बढी आम्दानी तथा फाइदाका लागि हो । यो अफरले न्युनतम लगानीमा गाडीको स्वामित्व प्रदान गर्नुका साथै आम्दानीमा वृद्धि र लाभ लिन सकिन्छ ।

७९३ सीसीको ट्विन सिलिन्डरयुक्त डिजेल इन्जिन भएको यस गाडीमा ५ स्पिड म्यानुयल ट्रान्समिसन रहेको छ । यसको ३२.६३ बीएचपीको ३५०० आरपीएम तथा २००० आरपीएमको अधिकतम् ७५ एनएमको टर्क विद्यमान छ । यस गाडीले २२.०७ प्रतिलिटर माइलेज प्रदान गर्दछ । ८० किलोमिटर प्रतिघण्टाको दूरी तय गर्ने कुरामा कम्पनीको दाबी समेत रहेको छ ।

सुपर क्यारीमा ३.२५ स्क्वायर मिटरको लोडिङ क्षेत्र रहेको छ भने ७४० किलोसम्मको भारवहन क्षमता रहेको छ । १६० एमएमको ग्राउन्ड क्लियरेन्स, २११० एमएमको ह्वीलवेस तथा ४.३ मिटर, टर्निङ रेडिएस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्