डीएभी कलेजद्वारा बृहत् विज्ञान प्रदर्शनी



काठमाडौं, (नेस)
डीएभी कलेजको आयोजनामा एक दिने बृहत् विज्ञान प्रदर्शनीसम्पन्न भएको छ । एसईइई सम्पन्न गरेका १० हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहेको सो कार्यक्रम डीएभी कलेजका अध्यक्ष अनिल केडियाले उद्घाटन गर्नु भएको थियो ।

डीएभी कलेजको विज्ञान तथा प्रविधि क्लबको अग्रसरतामा सम्पन्न उक्त प्रदर्शनी डीएभी कलेजका विज्ञान संकायका विद्यार्थीद्वारा निर्मित विभिन्न स्मार्ट होम, ड्रोन, ग्लाइडर साथै कृषिस“ग सम्बन्धित विभिन्न बहुउपयोगी उपकरणको प्रदर्शनी गरिएको थियो । मौसम प्रतिकुलताका बाबजुत पनि विज्ञान तथा प्रविधिसँग अभिरुची राख्ने विद्यार्थीहरु तथा अभिभावकहरुको हर्षोल्लासमय उपस्थिती रहेको प्रदर्शनी स्थलमा १८ वटा विज्ञान तथा प्रविधिस“ग सम्बन्धित स्टल र फुड स्टल रहेका थिए ।

आशा गरेको भन्दा अत्यन्तै धेरै उपस्थिति देखेर डीएभी कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतले आगामी वर्षमा अझ नया“ उपकरणहरुको थप प्रदर्शनी र विद्यार्थीको सिर्जनशीलतालाई अझै प्रोत्साहन गर्ने कुरा जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्