नेपालकोे कार्गाे रेल भारतमा चलाउन पाइने



दीपेन्द्र थापा, काठमाडौं
नेपालकोे कार्गाे रेल भारतमा चलाउनको लागि सैद्धान्तिक सहमति भएको छ । नेपाल–भारत रेल सेवा सम्झौता पुनरावलोकनका क्रममा पारवहन प्रणाली सहजीकरणको लागि भारत सरकार सकरात्मक भएस“गै सो सहमति भएको हो ।

अब नेपाली रेललाई भारतको कोलकत्तामा पारवहनको बाटो खुलेको छ । पुनरवलोकन बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमो ११ सदस्यीय टोली भारत गएको थियो ।

गत हप्ता बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारत रेल सेवा सम्झौता पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा नेपाली वार्ता टोली गठन गर्ने निर्णय गरेको थियो ।

तेस्रो मुलुकको बल्क कार्गो सीधंै रेलमार्गबाट वीरगन्ज–रक्सौलबाहेक विराटनगर–जोगबनी, भैरहवा–नौतनवा र नेपालगन्ज–रुपैडियासम्म पु¥याउने सुविधाका लागि भारत सकरात्मक देखिएको छ ।आगामी दिनमा कोलकत्ताबाहेक विशाखापटनम बन्दरगाह हु“दै तेस्रो मुलुकबाट समेत आयात हुने यी सामान पनि बल्क कार्गोमार्फत नेपाली नाकासम्म ल्याउन दिन भारत सकरात्मक देखिएको छ ।

सोही आधारमा सहसचिव ढकालको नेतृत्वमा नेपाली टोली बुधबार भारत गरेको थियो ।भारतस“ग यसअघि सन् २००४ मा रेल सेवा सम्झौता भएको थियो । सो सम्झौताअनुसार बल्क कार्गो कोलकाता बन्दरगाहबाट वीरगन्ज नाकासम्म मात्रै ल्याउन पाउने व्यवस्था छ, त्यस्तै भैरहवा र अन्य क्षेत्रमा ल्याउनसमेत सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ ।बैठकमा अन्य प्रमुख नाकामा पनि बल्क कार्गो सेवा विस्तार गर्नेबारे भारतस“ग सकरात्मक छलफल भएको थियो ।

मन्त्रालयका अनुसार यसपटकको वार्तामा जनकपुर–जयनगर रेल सेवा सुचारु गर्नेसहित विभिन्न स्थानमा बल्क कार्गो सेवा विस्तार गर्नेबारे पनि भारत सकारात्मक देखिएको छ । हरेक छ महिनामा हुनुपर्ने बैठक लामो समयपछि भएको छ । यसअघि सरकारले जनकपुर–जयनगर रुटका लागि भारतस“ग रेल किन्ने सम्झौता गरिसकको छ । वार्ता नेपालले भारतको भन्सार विन्दुमा कनेक्टिभिटीको बढाउनेमा केन्द्रित रहेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले विगत लामो समयदेखि वार्ता हुन नसकेको अवस्था थियो, भन्सार विन्दुमा पनि कनेक्टिभिटी बढाउन र ट्राजिटलाई सहजीकरण गर्नको लागि छलफल सकारात्मक रहेको छ । योस“गै नेपालको निर्यात व्यापार वृद्धि हुनाको साथै आयातमा समेत थप सहज विश्वास मत्रालयको छ ।

तेस्रो मुलुकको बल्क कार्गो सीधंै रेलमार्गबाट वीरगन्ज–रक्सौलबाहेक विराटनगर–जोगबनी, भैरहवा–नौतनवा र नेपालगन्ज–रुपैडियासम्म पु¥याउने सुविधाका लागि भारत सकरात्मक देखिएको छ ।आगामी दिनमा कोलकत्ताबाहेक विशाखापटनम बन्दरगाह हु“दै तेस्रो मुलुकबाट समेत आयात हुने यी सामान पनि बल्क कार्गोमार्फत नेपाली नाकासम्म ल्याउन दिन भारत सकरात्मक देखिएको छ भने वीरगन्जबाहेकका अन्य प्रमुख नाकासम्म पनि बल्क कार्गो सुविधा प्राप्त गर्ने विषयमा पनि वार्तामा उपलब्धि पूर्ण रहेको छ ।

बल्क कार्गोमा तरकारी, फलफूल, कोइला, क्लिंकर, मल, चिनी, नून, जस्ता वस्तु ठूलो परिमाणमा मात्रै ल्याउन पाइन्छ । अहिलेसम्म रेल सेवा सम्झौताअनुसार कोलकाताबाट वीरगन्ज नाकामा मात्र रेलमार्फत ढुवानी गर्न पाइने विगतको सहमति थियो छलफलपछि अन्य नाकामा समेत भारत सकरात्मक देखिएको छ ।बल्क कार्गामार्फत भैरहवासम्म ल्याउन सकिने भएका छ । सन् २०१२ मा बसेको नेपाल–भारत अन्तर सरकारी समिति (आईजीसी) को बैठकमा विराटनगर र भैरहवा–नौतनवा नाकासम्म पनि बल्क कार्गो सुविधा विस्तार गर्ने सहमति भएको थियो । तर, रेल सेवा सम्झौता पुनरावलोकन नहु“दा कार्यान्वयन भने हुन सकेको थिएन् छलफल २०१२ पछि हाल मात्र सम्भव भएको थियो ।

सरकारले जी टु जी (दुई सरकारबीच खरिद बिक्री) प्रक्रियामा रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिइसकेको छ । सरकारले रेल किन्न यसअघि नै ५० करोड रुपिया“ बजेट विनियोजन गरिसकेको छ ।भारतको जयनगरबाट नेपालको जनकपुरको कुर्था आउने दुई थान रेल किन्न १ अर्ब रुपिया“ लाग्ने अनुमान गरिए पनि पहिलो चरणमा रेल खरिदका लागि सरकारले ५० करोड रुपिया“ बजेट छुट्टाएको थियो । रेल गाडी सरकारले खरिद गर्ने छ भने रेलमार्ग भने भारतीय सरकारले निमार्ण गर्नेछ, रेलमार्ग निमार्णको काम भने सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्