हिमालयन ट्राभल मार्ट सम्पन्न



काठमाडौं, (नेस)
पाटा नेपालले हिमालयन ट्राभल मार्टको चौथो संस्करण सन् २०२० जुन १२ देखि १५ तारिखसम्म काठमाडौंमा आयोजना हुने भएको छ । हिमालय क्षेत्रको विविध पर्यटन सम्भाब्यता उजार गर्दै हिमालयन ट्राभल मार्टको तेस्रो संस्करणमा विभिन्न ४३ देशका सयभन्दा बढी प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरद्वारा आयोजित हिमालयन ट्राभल मार्ट नेपाली पर्यटन क्षेत्रकै बृहत् एवम् प्रमुख ट्राभल एन्ड टुरिज्म सम्बन्धी मेलाको रुपमा स्थापित ह“ुदै नेपालको पर्यटकीय गन्तव्यको प्रचार प्रसारमा ठूलो टेवा पुगेको पाटा च्यापटरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुढायलले बताउनुभयो ।

विश्वप्रसिद्ध बेलायती पर्वतारोही डक स्कटलाई पर्वतारोहण र नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसारमा पु¥याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको थियो । जुन ७ मा आयोजित मार्टको कन्फ्रेन्समा साहसिक पर्यटनको समसामयिक तथा भावी प्रवृत्ति, दिगो पर्यटन विकासका अवसर तथा चुनौतीलगायत नेपालमा अध्यात्म पर्यटनको सम्भावना र पर्यटकीय अवसरबारेमा विशेष प्राथमिकताका साथ छलफल गरिएको थियो ।

मार्टको साइड इभेन्टका रुपमा आयोजना गरिने अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया कन्फ्रेन्समा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया÷ब्लर्गसहरुसहित सयौं राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मी माझ ट्राभल मिडिया तथा ब्लर्गसले गन्तब्यको पर्यटन प्रवद्र्धन एवम विकासमा खेल्ने भूमिका र अवसरको बारेमा छलफल गरिएको थियो । सो कार्यक्रमबीच भ्रमण वर्ष २०२० सम्बन्धित एक विशेष अन्तर्राष्ट्रिय मिडिया ब्रिफिङ गरिएको थियो ।

भ्रमण वर्ष अभियानका संयोजक सुरज वैद्यले अभिायनअन्तर्गत गरिने विभिन्न कार्यक्रमको कार्ययोजनालगायत नेपालका पर्यटकीय गन्तव्य र सम्भावनाबारे प्रस्तुति पेस गनभयो । यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरु र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनीहरु तथा संस्थाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्