कर्मचारीको तालाबन्दीका कारण तल्लो मोदीखोला जलविद्युत् ठप्प



दुर्गाप्रसाद शर्मा, पर्वत
परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको पर्वतमा निर्माणधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन् ।

निर्माण कार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुस्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युत्गृह, हेडर्वक्स र सुरुङमा भइरहेको निर्माण कार्यसमेत तीन दिनदेखि बन्द गराएका छन् । आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको थियो ।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा कार्यरत कामदारहरुले स्वतः स्थायी गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने र विद्युत् गृहलगायतका संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउने माग आयोजनास“ग राखेका छन् । आयोजनामा कार्यरत ४० जना कर्मचारीहरुले जेठ २० देखि काम बन्द गराएपछि निर्माण कार्य प्रभावित भएको छ ।

‘हामी शुरूदेखि निर्माण कार्यमा कार्यरत कर्मचारीलाई थाहै नदिई बाहिरबाट कर्मचारी राख्ने काम भएको छ ।’ सौरभ पौडेलले भन्नुभयो–‘हामीलाई स्थायी गर्ने कुरा पटक–पटक झुटो आश्वासन दिएका कारण बाध्य भएर तालाबन्दी गर्नु परेको हो ।’ कर्मचारीले यसअघि जेठको ८ गते देखि १२ गतेसम्म पनि तालाबन्दी र काम ठप्प पारेका थिए । तर, २० गतेपछि समस्या समाधान गर्ने सहमतिमा खुलेको थियो । सहमति गर्दै जाने तर कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएपछि बाध्य भएर आन्दोलन गर्नुपरका रमेश भण्डारीले बताउनुभयो ।

यता आयोजनाले भने कुनै पनि कर्मचारीलाई स्थायी नगरिएको र विद्युत् उत्पादन थालिएपछि प्रक्रिया पूरा गरेरमात्रै स्थायी गर्ने योजना रहेको जानकारी दिएको छ । आयोजना प्रमुख पवनकुमार यादवका अनुसार अहिले परीक्षण उत्पादनको तयारीमा रहेका बेला केही दक्ष कर्मचारीलाई सहयोगीको रुपमा राखेर काम गराइएको तर स्थायी नभएको दाबी गर्नुभयो ।

‘हामीले कसैलाई पनि स्थायी गरेका छांै ।’ आयोजना प्रमुख यादवले भन्नुभयो–‘विद्युत् उत्पादनपछि नया“ विज्ञापन गरेर स्थायी गर्ने प्रक्रिया शुरु गर्छौ ।’ अहिले कार्यरत कर्मचारीलाई नै प्रक्रियामा पनि प्राथमिकता दिने आयोजनाको उद्देश्य रहेको उहा“को भनाइ छ ।

निजी क्षेत्रको मोर्दी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । वैशाखको अन्तिम साता परीक्षणका लागि टनेलमा पानी पठाउ“दा धेरै ठाउ“बाट पानी चुहिएपछि मर्मतको काम भइरहेको छ । कुस्मा नगरपालिका ७ चुवाको परादीस्थित पावरहाउस देखि मोदी गाउ“पालिकाको पातीचौरसम्म खनिएको ४ हजार २ सय मिटर लामो टनेलको बीचमा कमजोर भूभाग भेटिएको थियो । बन्दका कारण मर्मतको काम रोकिएको छ । हेडवक्र्समा ढोका मर्मत गर्ने र परीक्षण गर्ने काम चलेको थियो भने विद्युत् गृहमा जेनेरेटरलगायतका सामग्री जडान र परीक्षणकै क्रममा थिए । कर्मचारीको आन्दोलनका कारण परीक्षण उत्पादन झन् ढिलाइ भएको आयोजना प्रमुख यादव बताउनुहुन्छ ।

२०६९ साउनमा निर्माण शुरु आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउ“दै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो । लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयको अवरोध, प्राकृतिक प्रकोपलगायतका कारणले ढिलाइ भएको आयोजनाले बताउ“दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्