गल्फ लुब्रिकेन्ट्को स्लो स्कूटर प्रतियोगिता



काठमाडौं, (नेस)
नेपाल ल्युब आयल लिमिटेड ( गल्फ लुब्रिकेन्ट्स) र हेटौडा लेडी जेसिसद्वारा आयोजित स्लो स्कूटर प्रतियोगिता २०१९ हेटौडामा आयोजित गरिएको छ । यो प्रतियोगिता सडक दुर्घटनाबारे जानकारी आदान प्रदान गर्ने अन्तरक्रिया कार्यक्रम थियो ।

बढ्दो दुर्घटना अझ दुई पाङ्ग्रे सवारीको क्षति समेत बढी हुने अवस्थामा छ । सो विषयमा सबैलाई सचेतना होस र सुरक्षित सवारीमा ध्यान केन्द्रित गरेर ट्राफिक नियम बारे जानकारी प्रदान होस भन्ने ध्येयले जेसीज सप्ताह २०१९ अन्र्तगत गल्फ स्लो स्कूटर प्रतियोगिता आयोजित गरिएको हो ।

प्रतियोगितामा सुश्री सुमित्रा लामा प्रथम, सुश्री सुजुता श्रेष्ठ दोस्रो र सुश्री उषा रोकाले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । नेपाल ल्युब आयल लिमिटेड ( गल्फ लुब्रिकेन्ट्स संधै यस्ता जागरूकता प्रदान गर्ने कार्यक्रम संग सम्बन्धित छ जसमा विशेष गरी सडक दुर्घटनाहरु र ट्राफिक समस्याहरु, जुन हामी दैनिक जीवनमा भोग्दै आएका हुन्छौ ।

प्रतिक्रिया दिनुहोस्