होटलहरूको स्तर वृद्धि गर्न सुझाव



नेपाल समाचारपत्र, बुटवल
बुटवलमा पूर्वाधार निर्माणस“गै विकासले उच्च गति लिएकाले यस क्षेत्रमा भएका होटलको स्तर वृद्धि गर्नुपर्ने तथा ठूला होटलमा लगानी बढाउनुपर्नेमा एक कार्यक्रममा बोल्ने वक्ताले औंल्याएका छन् ।

भैरहवामा निर्माणधीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि विश्वको पर्यटनको केन्द्र रुपन्देही बन्ने र बुटवलमा बन्दै गरेको अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण सम्पन्न भएपश्चात यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका कार्यक्रमसमेत हुने भएकाले स्टार लेवलका होटलमा लगानी अबको पहिलो प्राथमिकता हुनुपर्ने उनीहरुले औंल्याए ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बुटवलको शनिबार बुटवलमा भएको १९औं साधारणसभामा बोल्ने वक्ताहरुले व्यवसायीले व्यावसायिक मर्यादा पालना गर्न समेत सुझाव दिएका छन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले विमानस्थल र अन्तर्राष्ट्रिय सभाहल निर्माण सम्पन्न भएपछि विश्वका पर्यटकको केन्द्र पनि रुपन्देही बन्ने र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम समेत बुटवलमै हुने भएकाले त्यतिबेलालाई मध्येनजर गरेर स्टार लेवलका होटलमा लगानी गर्न अपरिहार्य रहेको बताउनुभयो ।

उहा“ले ठूलो होटलमा पु“जी ठूलो लाग्छ, एक्लैले लगानी गर्न नसकिन सक्छ भन्दै सबै व्यवसायीको लगानी हुने गरी सहकारीका माध्यमबाट ठूला होटलमा लगानी गर्न समेत सुझाव दिनुभयो । मेयर सुवेदीले सामुदायिक वनले ओगटेको जग्गालाई बहुउपयोग गर्ने गरी रणनीति बनाउन जरुरी रहेको बताउनु भयो ।
डेढ वर्षभित्रमा बुटवलको नरेनापुरमा डेढ किलोमिटर डुंगा चलाउने गरी काम भैरहेको बताउं“दै कालिकापथ र श्रवणपथलाई आन्तरिक वाइपास सडकको रुपमा विस्तार गरिने समेत उहा“ले बताउनुभयो ।

त्यस्तै होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले जमीनका कारण ठूला होटलमा लगानी ठूलो भएका कारण सरकारले जग्गा व्यवस्थापन गरेर लिजमा दिने हो भने स्टार लेवलका होटल सञ्चालनका लागि व्यवसायी तयार रहेको बताउनुभयो । उहा“ले बुटवलको कालिका मन्दिरदेखि योगिकुटीसम्मको भित्री बाटो होटलको हवको रुपमा विकास भएकाले उक्त सडकलाई सुधार गर्नुपर्ने माग गर्नुभयो ।

त्यस्तै होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका प्रदेश अध्यक्ष भास्कर काफ्लेले होटल व्यवसायीले व्यावसायिक मर्यादा कायम राख्नुपर्ने र समयसापेक्ष रुपमा सेवामा सुधार गर्नुपर्ने भनाइ राख्नुभयो । उहा“ले सरकारले पर्यटनलाई मुलुकको विकासको पहिलो आधारको रुपमा लिए पनि यस क्षेत्रको विकासका लागि बजेट विनियोजनमा कन्जुस्याईं गरेको बताउनुभयो ।

साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसीले पछिल्लो समयमा होटल व्यवसायमा लगानी बढे पनि प्रष्ट नीतिको अभाव र भएको नीति पनि सही रुपमा कार्यान्वयन नहु“दा लगानीमा चुनौती थपिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्