स्वीच अन फ्रन्चाइज मिट सम्पन्न



काठमाडौं, (नेस)
मल्टी ब्रान्ड इलेक्ट्रोनिक रिटेल चेन स्वीच अनले पहिलोपटक फ्रन्चाइज मिटको आयोजना गरेको छ । सामसुङ, हिमस्टार, बजाज, अहुजा, टाइमेक्स, ओस्राम जस्ता ब्रान्ड रहेको स्वीच अन इलेक्ट्रोनिक आवश्यकताहरुलाई पूरा गर्ने वान स्टप सोलुसन हो ।

देशभरका फ्रन्चाइजी पार्टनरले स्वीच अनको तीन दिने फ्रन्चाइज मिटमा उत्साहपूर्ण सहभागिता जनाएका छन् । उनीहरुलाई उच्च प्रदर्शन गर्न एवं ग्राहकको अनुभव बढाउन उत्पादन, सफ्ट स्किल तथा अकाउन्टलगायतमा प्रशिक्षण दिइएको छ ।

फ्रन्चाइज मिटले फ्रन्चाइजी पार्टनरलाई प्रतिस्पर्धात्मक लाभ लिन मद्दत पुग्ने विश्वास गरिएको छ ।फ्रन्चाइज मिटमा सम्बोधन गर्दै स्वीच अनकी म्यानेजिङ डाइरेक्टर सिमा गोल्छाले भन्नुभयो–‘ स्वीच अनले साना खुद्रा बिक्रेतालाई प्रवद्र्धन गरेर स्वदेशी तथा विदेशी ब्रान्डको हिस्सा बन्न अवसर प्रदान गर्दछ ।’ स्वीच अन देशभर रहेको आउटलेटमा पारदर्शिता, एकरुपता तथा स्थिरतामा गर्व गर्दछ ।

म्यानेजर माधव मल्लले स्वीच अन सदैव ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै उनीहरुलाई अन्तर्राष्ट्रिय गुणस्तर तथा विश्वका उत्कृष्ट उत्पादनहरु सुपथ मुल्यमा प्रदान गर्न केन्द्रित रहेको बताउनुभयो ।

स्वीच अनका देशभर २२ वटा फ्रन्चाइज पार्टनर रहेका छन् । जसमार्फत टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, कुलर, एलईडी लाइट, स्पीकर, घडी जस्ता घरयासी सामगी बिक्री बितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्