भक्तपुर एक राते पर्यटकीय गन्तव्य बनेकोमा गुनासो



पुष्कर बुढाथोकी, भक्तपुर
भक्तपुरमा प्रशस्तै पर्यटकीय सम्भावना भए पनि पर्याप्त लगानी नहु“दा पर्यटन व्यवसाय फस्टाउन नसकेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

भक्तपुरको पर्यटन विकासका सम्भावना, अवसर र सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले भक्तपुरको पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रको पहिचान, गुरुयोजना निर्माण, पूर्वाधार विकास र प्रचार प्रसारमा लगानी कम भएको बताए ।

उनीहरुले पर्यटन पूर्वाधार निर्माण र प्रचार प्रसारका लागि सरकारी र निजी दुवै क्षेत्र उदासिन बन्दा पर्यटन व्यवसाय धरासयी बनेको निचोड दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुर प्रदेश नम्बर तीनकै मुख्य गन्तव्य रहेको बताउ“दै थुप्रै पर्यटकीय सम्भावनाका क्षेत्र रहेकाले तिनको एकीकृत विकास गरेर भक्तपुरस“गै प्रदेश तीनकै पर्यटन विकासका लागि हामीले सोच्नुपर्ने बेला भएको बताउनुभयो ।

संघीयता कार्यान्वयनस“गै साना पूर्वाधार निर्माणमा जुटेका स्थानीय तहबीचमै आपसी द्वन्द्व सिर्जना हु“दा पर्यटन क्षेत्रमा लगानी कमजोर बन्दै गएको उहा“को भनाइ थियो ।

एहा“ले भक्तपुर, काभ्रे र काठमाडौंको सीमास्थित नगरकोट, डोलेश्वर धाम, भक्तपुर दरबार स्क्वायरलगायत सांस्कृतिक सम्पदा आदि भक्तपुरका उल्लेख्य सम्भावना रहेका पर्यटकीय क्षेत्र भएको बताउनुभयो ।

चा“गुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले आफूले चाहना ह“ुदा हु“दै पनि नगर क्षेत्रको पर्यटन विकासमा काम गर्न नसकेको बताउनुभयो । उहा“ले नगरकोटमा ३६ वर्षदेखि पर्यटक आगमन भइरहेको भन्दै अहिलेसम्म हिमालको दृश्य र यहा“का मनोरम प्रकृतिबाहेक हेर्नलायक अर्को केही पनि संरचना निर्माण हुन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो ।

‘नगरकोट देश विदेशमा चर्चित छ, यहा“ पर्यटक पनि आउ“छन् । तर, यो एक राते गन्तव्यमात्रै बनेको छ, जसले गर्दा हामीलाई धेरै फाइदा हुनसकेको छैन,’ उहा“ले भन्नुभयो ।

उहाँले नगरकोटमा पर्यटकीय बसपार्क निर्माण, भ्यु–टावर, फुट ट्रेल निर्माण, पर्याप्त खानेपानी, व्यवस्थित फन पार्क र गार्डेनहरु निर्माण गर्ने योजना नगरपालिकाले बनाएको बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नगरकोट क्षेत्रमा आफूले देखेदेखि अहिलेसम्म सरकारी क्षेत्रबाट पूर्वाधार निर्माणमा ठोस काम नभएको अनुभूति सुनाउनुभयो । पर्यटन विकासका लागि स्थानीय तहस“ग पर्यटन गुरुयोजना हुनुपर्ने यो क्षेत्रमा हुने लगानी एकीकृत रुपमा गर्ने वातावरण हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जीतराम लामाले सरकारले नेपालमा पर्यटन क्षेत्रमा उल्लेख्य सम्भावना भए पनि सरकारले तिनको पहिचान गरेर लगानी गर्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्