मानसरोवर जाने धार्मिक पर्यटकको चाप बढ्यो



अर्जुन बोहरा, सिमकोट
हुम्ला सदरमुकाम सिमकोट हु“दै तिब्बतमा रहेको कैलाश–मानसरोवर दर्शन गर्न धार्मिक पर्यटकको घुइ“च्चो लाग्ने गरेको छ । हुम्लाका विभिन्न तीर्थस्थललगायत कैलाश– मानसरोवर दर्शन गर्न जाने पर्यटक सिमकोट विमानस्थलमा पुगे लगत्तै स्थानीय बासिन्दाले बाजा गाजासहित पाहुनाको स्वागत गरेका थिए ।

कैलाश–मानसरोवर दर्शन गर्न जानका लागि मुख्य बाटो हुम्लाको नाम्खा गाउ“पालिकाको हिल्सा नाका भएकाले हरेक वर्ष जेठदेखि भारतीयसहित विभिन्न देशका नागरिक हुम्लाको सिमकोट ह“ुदै जाने गरेका छन् । शनिबार पहिलो दिनमै विभिन्न निजी एयरलाइन्सले ७१ जनाभन्दा बढी धार्मिक पर्यटक ल्याएका छन् । माउन्टेन एयरको हेलिकोप्टरले मात्रै शनिबार २३ जान पर्यटकलाई कैलाश–मानसरोवर दर्शनको लागि हिल्सा ल्याएको थियो ।

शनिबार विहान कैलाश– मानसरोवर दर्शन गर्न आएका पहिलो चरणका पर्यटकलाई स्थानीयले सिमकोट विमानस्थलबाटै बाजा गाजासहित स्वागत गरेका हुन् ।

मानसरोवर ताल हिन्दू र बौद्ध धर्मालम्बीको गन्तव्य भएकाले भारतलगायतका मुलुकका पर्यटक हरेक वर्ष सिमकोट हिल्सा ह“ुदै कैलाश–मानसरोवर जाने गर्दछन् । मानसरोवर समुन्द्री सतहबाट करिब चार हजार पा“च सय ९० मिटरको उचाईमा रहेको छ । मानसरोवर ताल तिब्बतको ल्हासाबाट ९ सय ४० किलोमिटरको दूरीमा रहेको छ ।

मानसरोवर तालको पश्चिममा राक्षस ताल रहेको छ भने उत्तरमा कैलाश पर्वत पर्दछ । यो सिजनमा कैलाश–मानसरोवर जाने भारतीय धार्मिक पर्यटक पहिलो ग्रुपलाई होटेल संघको अगुवाईमा सिमकोट विमानस्थलमा भव्य स्वागत गरिएको छ । पर्यटकलाई जिल्लामा आउ“दा अतिथिको रुपमा विमानस्थलमा खादा ओढाएर र बस्ने होटेलसम्म बाजा बजाएर स्वागत गरिएको हो ।

यो सिजनकै पहिलो मानसरोवर कैलाश जाने भारतीय पर्यटकहरुको टोली सिमकोट विमानस्थलमा टेक अप गर्दा स्वागत गरिएको होटेल संघ हुम्लाका सचिव विनोद लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्