गोरखाको सबै स्थानीय तहमा पुग्यो बैंक



नेपाल समाचारपत्र, गोरखा
गोरखाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । स्थानीय तहमा बैंक पु¥याउने सरकारी नीतिअनुसार जिल्लाको ११ वटै स्थानीय तहमा विभिन्न बैंकले शाखा स्थापना गरेका हुन् ।

धार्चे गाउ“पालिकाको केन्द्र माछाखोलामा मंगलबार सिभिल बैंकले शाखा सञ्चालनमा ल्याएस“गै सबै स्थानीय तहमा बैंकको पहु“च पुगेको हो ।

त्यसअघि बैंक स्थापना हुन बा“की गण्डकी गाउ“पालिकाको केन्द्र भुम्लिचोकमा एक साताअघि मात्रै बैंक सञ्चालनमा आएको थियो । कृषि विकास बैंकले भुम्लिचोकमा शाखा स्थापना गरेर कारोबार शुरु गरेको हो । सबै स्थानीय तहमा वाणिज्य बैंक पु¥याउने सरकारको लक्ष्यअनुसार गोरखाको बारपाक सुलिकोट गाउ“पालिकामा जनता बैंक, सिरानचोक गाउ“पालिकामा ग्लोबल आइएमई बैंक र चुमनुब्री गाउ“पालिकामा कुमारी बैंक स्थापना भइसकेका छन् ।

जिल्लाका अरु स्थानीय तहमा भने देश संघीय सरंचनामा जानुअघि नै बैंकिङ सुविधा पुगिसकेको थियो । स्थानीय तहमै बैंक पुगेपछि उपभोक्ता समिति, व्यवसायी, शिक्षक, कर्मचारी तथा सर्वसाधारणलाई सुविधा पुग्ने धार्चे गाउ“पालिका अध्यक्ष सन्तोष गुरुङले बताउनुभयो । उहा“का अनुसार बैंकिङ कारोबारका लागि यसअघि आरुघाट तथा गोरखा बजार धाउनुपर्ने बाध्यता थियो ।‘अब हाम्रो दुर्गम गाउ“मा बैंक आएको छ । सरकारी कारोबार, व्यक्तिको खाता यही बैंकबाट चलाउन सकिने भयो,’ उहा“ले भन्नुभयो–‘ अब बैंक खोज्दै काम मारेर गोरखा बजार जाने बाध्यता हट्छ होला ।’

अब सामाजिक सुरक्षाभत्ता वितरणदेखि खाता सञ्चालन गर्न सजिलो हुने उहा“को भनाइ छ । बैंक खुलेपछि स्थानीय बासिन्दामा बचत गर्ने बानीको पनि विकास हुने अपेक्षा गरिएको छ । तर, जिल्लाकै विकट क्षेत्र समेटिएको चुमनुब्री गाउ“पालिकामा स्थापना भएको बैंकबाट सरकारी कारोबार गर्न समस्या रहेको गाउ“पालिकाकी उपाध्यक्ष कुमारी गुरुङले बताउनुभयो ।

यातायात सुविधा नपुगेको सो क्षेत्रमा हेलिकोप्टरमार्फत बैंकले पैसा लैजाने गरेको छ । सुरक्षाको सुनिश्चितता नभएका कारण ठूलो रकम कारोबार गर्न अप्ठयारो परेको बैंकलाई उदृत गर्दै उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्