निर्माण सामग्री अभावमा मध्यपहाडी लोकमार्गको काम प्रभावित



दुर्गाप्रसाद शर्मा, पर्वत
मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्ड स्तरोन्नतीको काम निर्माण सामग्री अभाव प्रभावित बनेको छ ।

लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुस्त भएको छ भने लुम्ले खण्डमा निर्माण सामग्रीको अभावमा कालोपत्रे गर्ने काम नै रोकिएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस सडक खण्डमा यस आर्थिक वर्षसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको थियो । पर्वत र कास्कीको सिमाना नया“पुलदेखि कास्कीको फेदी खण्डमा निर्माण सामग्रीको अभाव भएपछि निर्माण कार्य बुधबारदेखि रोकिएको छ । निर्माण सामग्री अभावमा कालोपत्रेको काम अलपत्र परेको छ भने बेमौसमी वर्षाका कारण पनि काम सुस्त हुन पुगेको छ ।

पर्वतको कुस्मा र कास्कीको हेम्जामा खानेपानीका पाइप तथा विद्युत्का पोल स्थानान्तरण गर्न समस्या भएपछि भए पनि सोचेअनुसारको प्रगति हुन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

नया“पुलदेखि फेदी खण्ड निर्माण गरिरहेको श्रेष्ठ÷दिवा÷एपेक्स जेभीले दिएको जानकारीअनुसार कास्कीको अन्नपूर्ण गाउ“पालिकामा पर्ने लुम्लेको ढावामा निर्माण सामग्री निकाल्न वन कार्यालयले रोकेपछि निर्माण सामग्रीको अभाव भएको छ । अहिलेसम्म ६ किलोमिटर भन्दा बढी सडक कालोपत्रेका लागि बेस बिच्छाएर तयार पारेको तर थप ६ किलोमिटर कालोपत्रे गर्न निर्माण सामग्रीको अभाव भएको छ । ‘हामी असार अगावै १२ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गर्ने लक्ष्यमा थियौं ।’

कम्पनीका साइड इन्चार्ज काशीराज बोहराले भन्नुभयो–‘न कुटेको ढुंगा छ, न कुट्नका लागि ढुंगा नै पाइन्छ ।’ उहा“ले भन्नुभयो–‘द्रुत गतिमा काम भइरहेको अवस्थामा निर्माण सामग्रीको अभाव भएपछि दुई दिनदेखि काम नै स्थगित गरेका छौं ।’ उक्त खण्डमा अहिलेसम्म स्टक्चरको काम करिब सकिएका कारण पिच गर्ने कार्य मात्रै बाँकी छ । निर्माण सामाग्री सहज भएको अबस्थामा आगामी बर्षको य हिउँदमै सबै काम सक्ने लक्ष्य रहेको साइड इन्र्चाज बोहराले बताउनुभयो ।

निर्माण कम्पनी गाउँपालिकाको स्विकृतिमा स्थानिय वन क्षेत्रबाट ढुंगा उत्खनन गरेको थियो । उक्त स्थानमा वडा कार्यालय भवन वा खेलमैदान बनाउने सहमति र गाउ“पालिकालाई करसमेत बुझाएर ढुंगा उत्खनन् हु“दै आएकोमा सब–डिभिजन ढिकुरपोखरीले वन क्षेत्रबाट उत्खनन् रोक्न पत्र थमाएको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई निर्माणस्थल वरपर नै निर्माण सामग्रीको व्यवस्थापन गर्न कार्यादेश दिइएको हुन्छ । उक्त खण्डमा अन्यत्र सामग्री निकाल्ने स्थान नभएका कारण वन क्षेत्रमा असर नपर्ने गरी उत्खनन् गर्न पहल भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना पर्वतका प्रमुख आशिष थापा मगरले बताउनुभयो ।

‘निर्माण सामग्री अभावमा काम रोकिने अवस्था आएपछि गाउ“पालिका र गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयस“ंग समन्वय गर्ने काम भइरहेको छ ।’ उहा“ले भन्नुभयो–‘छिट्टै समस्याको हल गरेर निर्माण कार्य अगाडि बढाउ“छौं ।’

कम्पनीले पर्वत खण्डमा पर्ने अ“ंधेरीखोलाको भीरमा निर्माण सामग्री निकाल्ने प्रयास गरेपछि कडा चट्टान फोड्न नसकिएका कारण बम विष्फोट गराउनुपर्ने अवस्था आएको छ । विष्फोटन गर्नका लागि जिल्ला सुरक्षा समितिस“ग स्वीकृति लिएर प्रक्रिया अगाडि बढिरहेको छ ।

मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड २०७४ चैत महिनादेखि स्तरोन्नतिको काम शुरु भएको थियो । पर्वत खण्डमा हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको छ । प्रतिकुल मौसम र कुस्मा, डिमुवा, पातीचौर क्षेत्रमा खानेपानीका पाइप र विद्युत्का पोल स्थानान्तरण समयमा हुन नसकेका कारण निर्माण कार्य ढिलाइ भइरहेको छ । पर्वत खण्डमा निर्माण सामग्रीको भने अभाव छैन ।

लोकमार्गअन्तर्गत पर्वतको अ“धेरीखोलादेखि मालढुंगासम्मको २४ किलोमिटरमा असारसम्ममा मालढुंगादेखि जिल्ला प्रहरी कार्यालय पर्वतसम्म ८ किलोमिटर सडक कालोपत्रे गरिसक्ने लक्ष्यका साथ काम भइरहेको छ । खानेपानीका पाइप र विद्युत्का पोल व्यवस्थापन भएपछि यस खण्डमा पनि निर्माण कार्य तीव्र पार्न सकिने लामा कन्ट्रक्सनका साइड इन्चार्ज गोविन्द भुसालले बताउनुभयो ।

‘कुश्मा बजारमा बिजुलीका पोल र खानेपानीको पाइपका कारण सडक विस्तारका लागि डोजर लगाउन समस्या भएको छ ।’ उहा“ले भन्नुभयो–‘पोल र पाइपको व्यवस्थापन गरे सदरमुकामभित्रको सडकमा कालोपत्रे गर्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्