ओयो होटल्स् एन्ड होम्स्को बुकिङमा २२१ प्रतिशतले वृद्धि



नेपाल समाचारपत्र, काठमाडौं
ओयो होटल्स् एन्ड होम्स्ले पहिलो त्रैमासिकको ट्राभल बुकिङ सूची सार्वजनिक गरेको छ । उक्त सूचीअनुसार अघिल्लो वर्षको बुकिङको समान अवधिको तुलनामा यस वर्ष कुल बुकिङमा २२१ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ,

प्रत्येक ७२ दशमलव ४८ सेकेण्डमा एउटा ओयो बुक हुने गरेको देखिन्छ, जसमध्ये सबैभन्दा बढी बुकिङ भएका गन्तव्य काठमाडौं, पोखरा र विराटनगर हुन् ।

काठमाडौं ती गन्तव्य मध्ये शिर्ष स्थानमा रहेको छ, जसमध्ये अधिकतम बुकिङ जोडी ५७ दशमलव २७५ प्रतिशत रहेका छन् । परिवार र एकल यात्रुले समान संख्यामा (२१ द्यशमलव ३६५ प्रतिशत बुकिङ गरेका छन् । नेपालमा इन्टरनेटको प्रयोग बढ्दो छ, र नेपाली यात्रुले छुट्टीको योजना बनाउन आधुनिक प्रविधिको प्रयोग गर्नमा देखाएको उत्साहलाई एपमार्फत भएका बुकिङले प्रष्ट झल्काउ“छ, जुन ४० दशमलव ७९ गुणाले डेक्सटप बुकिङ भन्दा माथि रहेको छ ।

गर्मी यामस“गै आएको बुकिङको बढ्दो प्रचलनको लोकप्रियतालाई लिएर, ओयो होटल्स् एन्ड होम्स्, भारत र दक्षिण एसियाका प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले भन्नुभयो–‘परिवार र साथीहरुस“ग गर्मी बिदा मनाउ“दै हुर्किनु हामी सबैको जीवनको महत्वपूर्ण पाटो हो । अधिकांशले यो समयलाई आफ्ना प्रियजनस“ग बिताएर सदुपयोग गर्न रुचाउ“छन् । ओयोमा हामीले सुलभ, गुणस्तरीय भ्रमण तथा आवासको विकल्पको आवश्यक्तालाई बुझेका छौँ र यहा“को बसाई आनन्ददायक र झन्झट मुक्त बनाउन निरन्तर प्रयासरत छौं ।’ ओयो काठमाडौं, पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, विराटनगर, हेटौँडा, नेपालगञ्ज तथा धनगढी गरेर नेपालका १० शहर मा सञ्चालनमा आइसकेको छ ।

ओयोको गर्मी यामको बुकिङ सूचीले उपभोक्ताको व्यवहार र अन्तर्राष्ट्रिय बजारको प्रवृति माथि पनि प्रकाश पारेको छ । भारत, मलेशिया तथा इन्डोनेशियाका अत्याधिक बुकिङ भएका शहरहरु क्रमशः गोवा, क्वालाम्लम्पुर तथा जकार्ता हुन् । भारतमा अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकिङमा ११९ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्