बेइजिङ एक्स्पोको नेपाल मण्डपमा एक लाख दर्शक


काठमाडौं, (नेस)
चीनको राजधानी बेइजिङमा प्रारम्भ भएको एक्स्पो २०१९ मा प्रदर्शित नेपाली मण्डप दर्शकमाझ लोकप्रिय भएको छ । चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत वैशाख १५ गते लोठ सल्लाको विरुवा रोपेर उद्घाटन गर्नुभएको नेपाली मण्डप हालसम्म एक लाख दर्शकले अवलोकन गरिसकेको आयोजक इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपका राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिनुभयो ।

‘हरित जीवन ः उत्तम जीवन’ मूल विषयवस्तुमा केन्द्रित रहेर आयोजित सो विश्व प्रदर्शनीमा ‘लुम्बिनी शान्ति बगैचा’ निर्माण गरी बुद्ध जन्मिएको देश नेपालमा प्रकृति र जीवनबीच रहेको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरिएको आयोजक संस्थाका अध्यक्ष तथा डेपुटी कमिसनर जनरल (टेक्निकल) अमृत शाक्यले बताउनुभएको छ ।

१५ फिट अग्लो ध्यानमग्न बुद्धको विशाल भूर्ति बीचमा राखेर नेपालको अथाह कृषि, वन वनस्पति सम्पत्तिको शोधखोज एवं आर्थिक तथा व्यापारिक विकासका ठूला योजनाहरु भित्राउन चिनियाँ तथा अन्तर्राष्ट्रिय प्रविधि र लगानी आकर्षण गर्न प्रयास भएको राष्ट्रिय संयोजक शाहको दाबी छ ।

चिनिया“हरुको नेपाल भ्रमण प्रतिको बढ्दो मोहलाई लक्षित गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा पनि यथेष्ट ध्यान दिइएको छ । आश्विन २ गते उक्त एक्स्पोमा आयोजना हुने नेपाल दिवसमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल र समकक्षी चिनिया“ टोलीबीच औपचारिक कार्यक्रमहरु आयोजना हुने र सोही अवसरमा नेपाली कला कौशल संस्कृति झल्कने नाचगान, संगीतका कार्यक्रमहरु नेपाली रैथाने परिकार पस्कने खाद्य महोत्सवको आयोजना हुने पनि बताइएको छ ।

एक सय दश राष्ट्र तथा २४ अन्तर्राष्ट्रिय संस्थाहरु सहभागी सो विश्व प्रदर्शनी पा“च सय हेक्टर क्षेत्रफलमाझ फैलिएको छ । आउ“दो कात्तिकसम्म चल्ने सो एक्स्पो १६ करोडले प्रत्यक्ष तथा विश्वव्यापी रुपमा एक अर्बभन्दा बढीले विभिन्न सञ्चार तथा प्रविधिका माध्यमबाट अप्रन्यक्ष रुपमा अवलोकन गर्ने विश्वास लिएको छ ।

नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयोजनमा आधिकारिक आयोजक नियुक्त भएको इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपबाट सो विश्व प्रदर्शनीमा नेपालको सहभागिता एवं व्यवस्थापन भएको हो ।

सरकार र नेपाल सुनचा“दी रत्न तथा आभुषण महासंघको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय जेम एन्ड ज्वेलरी एक्स्पो शुक्रबारदेखि शुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा गोल्ड, डायमन्ड ज्वेलरी ३६, लुज जेम्स ४, सिल्भर ज्वेलरी २, ल्यापिडरी (जेम कटिङ) २, रक एन्ड मिनिरल्स १२, एजुकेसन ४ गरी कूल ६० वटा स्टल रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।