चार महिनामा साढे चार लाख पर्यटक आए



नेपाल समाचारपत्र, काठमाडौं
सन् २०१९ को पहिलो चार महिनामा (जनवरी–अप्रिल) साढे ४ लाख पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस अवधिमा हवाई र स्थलमार्ग हु“दै ४ लाख ४५ हजार १ सय ९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १५ दशमलव ३० प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको चार महिनामा ३ लाख ८६ हजार ३० पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङक छ । पछिल्लो चार महिनामा ६४ हजार ५ सय ७८ जना चिनिया“ पर्यटकले नेपाल भ्रमण गरेका छन् भने ६० हजार ४ सय ३८ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अध्यागमन विभागका अनुसार ३ लाख ६२ हजार ८ सय ४० पर्यटक हवाईमार्ग भएर नेपाल भित्रिएका थिए भने ८२ हजार २ सय ६९ पर्यटक स्थलमार्ग ह“ुदै नेपाल भम्रण गरेका थिए । गत वर्षको तुलनामा श्रीलंकाका पर्यटक ५५ दशमलव १७ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ । यता भारतीय पर्यटकको संख्या भने १९ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै सार्क राष्ट्रबाट आउने पर्यटकको संख्या १९ दशमलव २२ प्रतिशतले बढेको बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ । थाइल्यान्ड, जापान र दक्षिण कोरियाबाट आउने पर्यटकको संख्यामा क्रमशः ४३ दशमलव १ प्रतिशत, १७ दशमलव २२ प्रतिशत र ७ दशमलव १८ प्रतिशत वृद्धि भएको छ ।

यता युरोपबाट भने पछिल्लो चार महिनामा २ दशमलव ७३ प्रतिशतले वृद्धि भएर ८५ हजार २७ पुगेको छ । युके र जर्मनीबाट आउने पर्यटकको संख्या ३ दशमलव ८२ प्रतिशत तथा १९ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । अमेरिकाबाट आउने पर्यटकको संख्यमा पनि उल्लेख्य वृद्धि भएको छ। ज्समा १० दशमलव ८ प्रतिशतले बढेर ३२ हजार ७४० पुगेको छ ।

यसै गरी अष्ट्रेलियाबाट आउने पर्यटकको संख्या ३ दशमलव ३ प्रतिशतले बढेर १३ हजार १० रहेको छ । बोर्डले अनुसार गत वर्षको तुलनामा ५ दशमलव ६ प्रतिशतले पर्यटकको आगमनमा वृद्धि भएर अप्रिल महिनामा मात्रै १ लाख ४ हजार १ सय ९८ जनाले नेपाल भ्रमण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्