स्प्राइटको समर क्याम्पेन



काठमाडौं, (नेस)
स्प्राइटले स्प्राइट लगाउ“, प्यास बुझाउ” नामक समर क्याम्पेन सार्वजनिक गरेको छ । स्प्राइटले उपभोक्तामाझ प्यास मेटाउने एवम् रिफ्रेस बनाउने ब्रान्डको रुपमा आफूलाई स्थापना गरेको छ ।

स्प्राइटको यस टीभीसीले त्यस्ता व्यक्तिको चित्रण गरेको छ जो आफ्नो कामका लागि अरु सोझा व्यक्तिलाई धम्काएर शक्ति प्रदर्शन गरेर त्यसको फाइदा उठाउने प्रयास गर्दछन् । यस्तो परिस्थितिलाई प्रदर्शन गर्दै स्प्राइटले टीभीसी सार्वजनिक गरेको छ । जसमा केही व्यक्ति गर्मीे याममा सरकारी कार्यालयको अगाडि लाइनमा बसिरहेका छन् । ती व्यक्तिहरु गर्मीलाई भगाउन कागजले हावा हम्किदै आफ्नो पालो पर्खिरहेका छन् । त्यही“ भिडमा उभिरहेका एक व्यक्तिले झोलामा स्प्राइट बोकेका छन् ।

त्यसै बीचमा अचानक एक झगडालु व्यक्ति लाइनमा नबसी सिधैं झ्याल अगाडि गएर आफ्नो पावरको धम्की देखाउ“दै उसको काम सबैभन्दा पहिला गर्न आदेश दिन्छ । त्यही“ भीडको शुरुमै उभिएका अनमोल केसी (यस टीभीसीका मुख्य पात्र) ले झोलामा भएको स्प्राइटको बोतल निकालेर एक घुट्को पिउ“छन् ।

त्यसपछि उनी सिधै कर्मचारी भएको ठाउ“मा गएर सीसीटिभीको निगारानीमा भएको ज्ञात गराउ“छन् । ती कर्मचारी सतर्क हुन्छन् र झगडालु व्यक्तिलाई पछाडि गएर आफ्नो पालो पर्खिन बताउ“छन् । उक्त कर्मचारी र ती झगडालु व्यक्तिले जुनसुकै परिस्थितिमा काम लाग्ने एक मात्र आइडिया स्प्राईट रहेछ भन्ने कुरा प्रष्ट बुझ्छन्, जसले तपाईंलाई रिफ्रेस बनाउनु साथै जुनसुकै परिस्थितिमा पनि दिमागलाई सचेत राख्दछ ।

प्रतिक्रिया दिनुहोस्