जेसीबीको उपहार योजना



काठमाडौं, (नेस)
नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले जेसीबी ब्रान्डको ब्याकहो लोडर र एस्काभेटर खरिदमा सानदार उपहार घोषणा गरेको छ ।

यो नया“ योजनाअन्तर्गत एमएडब्लु अर्थमुभर्सले जेसीबी थ्रि डीएक्स सुपर वा जेसीबी २२० एलसी एक्स्ट्राको खरिदमा एक हजार घन्टासम्म सर्भिसिङ र त्यसमा लाग्ने सम्पूर्ण सामग्री निःशुल्क उपलब्ध गराउनेछ ।

एमएडब्लु अर्थमुभर्सले जेसीबी थ्रि डिएक्स सुपरमा दुई वर्षसम्म अनलिमिटेड आवर वारेन्टी र जेसीबी २२० एलसी एक्स्ट्रामा तीन वर्ष वा ७ हजार घन्टा पावरट्रेन वारेन्टी उपलब्ध गराउ“दै आएको छ । जेसीबी एक्साभेटर र ब्याकहो लोडर राष्ट्रिय तहमा मात्र होइन स्थानीय तहमा समेत सहज रुपमा पु¥याउन एमएडब्लु अर्थमुभर्सले फाइनान्स, न्युनतम डाउनपेमेन्ट, सरल ब्याजदर र डाइरेक्ट एलसी जस्ता सुविधा उपलब्ध गराएको छ । यी मेसिनहरु ८५ प्रतिशतसम्म फाइनान्समा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्